ज्योति विकास बैंकद्वारा “सुपर स्मार्ट सेभिङ्ग्स” सार्वजनिक
ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ ।
न्युनतम मौज्दात मात्र रु.१५ मा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।
ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ “सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको हो । यस खाताले ग्राहकवर्गलाई बचत संगै क्ष्एइ हरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्नेछ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउनेछन् ।
यस बचत खातामा ग्राहकहरुले न्यूनतम रु. १५ मौज्दातमै १५ महिनासम्म निम्न १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहित पाउन सक्नुहुनेछ :
१. उच्चतम ७.५% ब्याजदर
२. अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निःशुल्क नगद निकासी
३. निःशुल्क मोबाईल बैंकिंग सेवा
४. निःशुल्क डेबिट कार्ड
५. मासिक व्याज भुक्तानी
६. निःशुल्क डिम्याट खाता
७. निःशुल्क डिम्याट नवीकरण
८. निःशुल्क सि–आस्वा
९. निःशुल्क मेरोसेयर रजिस्ट्रेशन र नवीकरण
१०. मुद्दती खाता prematurity शुल्कमा ५०% छुट
११. वार्षिक लकर सुविधामा ५०% छुट तथा धितो रकममा ३०% छुट
१२. निःशुल्क डलर कार्ड जारी
१३.FCY Exchange छुट/प्रिमियम: USD, AUD, CAD, GBP र EURO को विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट÷प्रिमियम मुद्दती खाता prematurity शुल्कमा ५०% छुट
१४. निः शुल्क अन–डिमांड खाता विवरण
१५. Beneficial Owner (DP सेवाहरू) को STC मा १५% छुट
प्रतिक्रिया