हिमालयन बैंकद्धारा तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा दाबी भुक्तानी
हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकका खातावाला ईश्वर गुराँगाईको दुर्घटनामा निधन हुँदा निजकी पत्नी विमला गुराँगाईलाई सो रकमगत मंगलबार बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरु बीच हस्तान्तरण गर्नुभयो ।
बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसंग खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो ।
हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।
हाल बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एममार्फत आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।
प्रतिक्रिया