आइतबार, ६ जेठ २०८१

आजदेखी ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला

समयपोष्ट २०७९ असार २२ गते ६:४०

Advertisement

ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज (असार २२ गते) देखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री