आइतबार, ६ जेठ २०८१

अपर सोलु हाइड्रोको आईपिओ आजदेखि आवेदन दिन सकिने

समयपोष्ट २०७९ असार २० गते ९:४५


अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १९ लाख ५७ हजार ५ सय कित्ता शेयर जारी गरेको छ ।

Advertisement

कम्पनीले सोमबारबाट १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ ।

सर्वसाधारणले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असार २३ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Advertisement

कम्पनीले बैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीयवासी अन्तर्गत सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुंग, गोराखानी, टाप्टिंग र तिङ्गला गाविसका सम्पूर्ण वडाको लागि शेयर निष्काशन गरेको थियो । उक्त शेयर बाँडफाँड भईसकेको छ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई १३ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ गरी ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री