के औषधिको मूल्य बढ्न लागेको हो ?

अहिले बजारमा १८ हजार ब्राण्डका औषधि बिक्री भइरहेका छन् ।तीमध्ये ११७ प्रकृतिका औषधिको मात्रै मूल्य निर्धारण गरिएको छ । अधिकांश औषधिको मूल्य नतोकिँदा बिरामी अफ्ठेरोमा परेका छन् ।

Advertisement

मूल्य निर्धारण नहुँदा ब्राण्ड पिच्छे फरकफरक मूल्यमा औषधि बिक्री हुने गरेको विभाग स्वीकार्छ । कुनै एउटा कम्पनीको औषधिको मूल्य एक सय रुपैयाँ छ भने सोहि ब्राण्डको सोहि औषधिको मूल्य एक सय ५० रुपैयाँ पनि दर्ता भएको विभागले जनाएको छ।औषधिको मूल्यका विषयमा पटकपटक प्रश्न उठिरहेको छ। औषधिको मूल्य समयोजनसम्बन्धी औषधि व्यवस्था विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको प्रस्ताव अगाडि बढ्न सकेको छैन । कारण होः प्रस्तावमा जीवनजल, पारासिटामोल, लार्जभोलुम पारेन्टेरल्सलगायत केहि औषधिको मूल्य बढ्ने भएको छ। अहिले आम नागरिकदेखि संसदमा समेत औषधिको मूल्य नबढाउन विभागलाई दबाब परिरहेको छ । त्यहिभएर पनि स्वास्थ्य मन्त्री र राज्यमन्त्री औषधिको मूल्य समायोजन प्रस्तावमाथिय थप अगाडि बढ्न सकेका छैनन् ।

तर, विभागले भने औषधिको मूल्य समायोजन प्रस्ताव स्वीकृत भए ८० प्रतिशत औषधिको मूल्य घट्ने र २० प्रतिशतको मात्रै बढ्ने बताउँछ ।

विभागका महानिर्देशक भरत भट्टराइले भने, ‘औषधिको मूल्य समायोजन हुँदा ८० प्रतिशत औषधिको मूल्य घढ्छ । २० प्रतिशतको मात्रै बढ्ने हो । अन्तर्राष्ट्रिय बजारमा केहि औषधिको मूल्य घटेको छ । क्यान्सरको औषधिको मूल्य त धेरै नै घट्छ ।’

आयातकर्ता र उत्पादककर्ता औषधिको मूल्य बढाउन सहमत छन् । दुवै ‘कन्ट्री अफ ओरिजीन’मान्न तयार छन् । आजको अन्नपूर्ण पोष्ट् दैनिकमा समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री