मंगलबार, ६ चैत २०८०

बाबुरामको नामले मृत्युको मुखबाट यसरी जोगायो

समयपोष्ट २०७८ साउन १६ गते १२:१३

Advertisement

– नारायण खनाल
तत्काल सैनिक छाउनी भालुवाङमाथिको फौजी कारवाही स्थगित भएपछि म जनमुक्ति नेपालको एक कम्पनीसहित अर्घाखाँची जिल्लाको सिद्धारा गा.वि.स.को हर्रेबर्रे भन्ने ठाउँमा पुगेँ । मेरो कमाण्डमा ७५ जना जनमुक्ति सेनाका सिपाही तथा अफिसरहरु रहेका थिए । त्यस टिमको म राजनीतिक कमिसारको हैसियतले नेतृत्व गरिरहेको थिएँ । त्यो टिममा कपिलवस्तु जिल्लाका माओवादी नेता रुद्र बन्जाडे जाने कुरा थियो । तर, उहाँ बिरामी भएको कारणले त्यसको जिम्मेवारी मेरो काँधमा थपिएको थियो ।

मेरो नेतृत्वमा रहेको टिम करिब सात घण्टाको पैदल यात्रा गरेर हर्रेबर्रे पुग्यौँ । त्यहाँ रहँदा हामी जनभेटघाट, श्रमका कामका अलावा पार्टीको आन्तरिक समर्थक तथा शुभचिन्तकहरुको बीचमा छलफलमा व्यस्त भयौँ । हाम्रा निम्ति त्यहाँको भूगोल ज्यादै प्रतिकूल र दुश्मन सेनाका लागि अत्यन्तै अनुकूल रहेको थियो । तैपनि हामी उच्च सतर्कताका साथ राजनीतिक तथा वैचारिक छलफलका काममा व्यस्त रहँदै सक्रियतापूर्वक सहभागी भइरहेका थियौँ । यसैबीचमा आकस्मिक अर्घाखाँचीको ठाडाबाट परिचालित क्ष्ल्त् विभागको गस्तीको सहयोगमा दुश्मनले धावा बोल्यो । त्यस प्रकारको दुश्मनको आकस्मिक हमलाले हाम्रो टिम पुरै अस्तव्यस्त भयो । त्यो अवस्थामा तत्काल एउटा जिम्मेवार राजनीतिक कमिसार वा अभिभावकको हैसियतले लिने निर्णयले नै सम्पूर्ण टिमको विजय वा पराजयको सुनिश्चितता गर्ने हुँदा तत्काल मेरो अगाडि एउटामात्रै विकल्प बचेको थियो– सम्पूर्ण टिमलाई तत्काल सुरक्षित स्थानमा सिफ्ट गर्ने । एकातिर प्रतिकूल भूगोल, अव्यवस्थित टिम, एमोनेसनको कमी, स्वतन्त्र सङ्घर्षको पूर्वयोजनाको अभावका बीचबाट विद्युतीय गतिमा नयाँ निर्णय लिई मैले तत्काल टिमलाई सुरक्षित स्थानमा लाग्न निर्देशन गर्नु वस्तुवादी हुने देखेँ ।

दुश्मन सेनाले अन्धाधुन्द गोली बर्साइरहेको थियो । आकाशमा दुश्मन सेनाका हेलिकप्टरहरुले बमबाड गरिरहेका थिए । हर्रेबर्रेको मानवीय रिहायसी बस्तीहरु क्षणभरमै पुरै युद्धक्षेत्रमा परिणत भइरहेका थिए । यसको केही सेकेण्ड पहिला म हर्रेबर्रे नि.मा.वि.का शिक्षक तथा सयौँ विद्यार्थी एवम् त्यस भेगका अभिभावकहरुबीचको संयुक्त अन्तक्र्रियामा प्रमुख अतिथिको आसनबाट घण्टौँ प्रवचन दिइरहेको थिएँ । त्यस कार्यक्रममा जनमुक्ति सेना नेपालका कम्पनी सहायक कमाण्डर निसानले समेत सम्बोधन गरेका थिए । दुश्मन सेनाको आकस्मिक हमलाका कारण हर्रेबर्रे नि.मा.वि.का शिक्षकहरु, विद्यार्थीहरु तथा सयौँ त्यस भेगका अभिभावकहरु, महिला तथा केटाकेटीहरु विद्यालयका कोठामा जेनतेन पुग्न सफल भएका थिए । माथि नै भनियो– एक सेकण्डअगाडि त्यहाँको सम्पूर्ण क्षेत्र जनमुक्ति सेनाको नियन्त्रणमा थियो । क्षणभरमै त्यहाँको सम्पूर्ण क्षेत्र दुश्मन सेनाले आफ्नो नियन्त्रणमा लियो । त्यो ताका दुश्मन र हाम्रो बीचको सङ्घर्ष प्रायः देशका सबै भू–भागहरुमा झम्टाझम्टी हुने र निर्णायक विजय कसैको पनि नहुने भएकाले त्यस चरणलाई युद्धका दृष्टिकोणले रणनीतिक शक्ति सङ्घर्षको चरण मानिएको थियो । त्यस प्रकारको रणनीतिक शक्ति सन्तुलनको चरणलाई भत्काउने उद्देश्यसहित हामी त्यहाँ केन्द्रित भएका थियाँै । तर, अब मेरा निम्ति फौजी ज्ञानको सीमा समस्याका कारण म प्रकारान्तरले दुश्मनको कब्जामा परिसकेको थिएँ । दुश्मन सेनाले चारैतिरबाट घेरिसकेका थिए । सम्भवतः ४५ मिनेटको दोहोरो भिडन्तपश्चात् बम, गोला र बारुद्धका धमाकाहरु क्रमशः बन्द हुन थालेका थिए । दुश्मन सेनाले विद्यालय र त्यस वरपरका घरहरु सर्च गरिरहेको थियो । म एउटा सानो चिया पसलमा सेल्टर लिएर बसिरहेको थिएँ । त्यो स्थितिमा मेरो अगाडि तीनवटा रेडिमेट योजनाहरु थिए –
१. चिया पसले दाजुको आफन्तजन भएको र त्यहाँ भेट्न आएको बहाना गरी दुश्मन सेनालाई चक्मा दिने ।
२. त्यो पनि सम्भव नभए आफू एक जना लेखक÷पत्रकार भएको भनी दुश्मन सेनालाई चक्मा दिने ।
३. जनताले पोल खोलेमा, दुश्मन सेनाको कुनै सदस्यले चिनेमा वा स्थानीय जनतालाई दुश्मनले दमन गरी मेरा विरुद्ध बोल्न बाध्य पारेको खण्डमा आफू एक जना माओवादी कार्यकर्ता भएको जानकारी दिई गिरफ्तारी दिने ।

दुश्मन सेनाको अफिसर पुरै बौलाहा कुकुरझैं त्यो घरमाथि झम्टियो । त्यो घरको चिया पसले भाइले ढोका खोले र बाहिर गएर भने– ‘हजुर म घरको मालिक हो, मेरा चार भइना छोराछोरी छन्, मेरी श्रीमती छिन्, म हुलाकको रिटायर्ड कर्मचारी हुँ, पेन्सन खाइरहेको छु, म मधेशी मूलको बासिन्दा हुँ ।’ मतिर ईसारा गर्दैै उनले भने– ‘उहाँ सर भने गोली चलेपछि भित्र पस्नुभएको हो, म उहाँलाई चिन्दनँ ।’ ती चियापसले भाइको त्यस प्रकारको बयानपछि दुश्मन सेनाको ध्यान पुरै मतिर केन्द्रित भयो ।

माथि उल्लेखित तीनवटा मध्ये दोस्रो योजनाले तत्काल दुश्मन सेनालाई चक्मा दिन पनि सकिने र योजनाको रक्षा गर्न पनि सकिने निचोडमा म पुगेँ । यसैबीच, आफूसँग भएका पार्टीका कागजपत्र तथा हतियार भए तुरुन्त लुकाउन मलाई घरबेटीले सुझाव दिनुभयो । उहाँको सुझावलाई हार्दिकतापूर्वक स्वीकार गर्दै मैले एउटा गहुँको बोरामा आफूसँग भएका कागजपत्र तथा ग्रिनेटलगायतका सामान ड्रम गरेँ । जनताको आत्मगत अवस्था, त्यहाँको वस्तुगत अवस्था र भूगोलको ज्ञानको कमीलाई मध्यनजर गर्दै शीघ्र म नयाँ योजनासहित नै त्यो नयाँ सेल्टरमा दुश्मन सेनाको प्रतीक्षा गरिरहेको थिएँ । त्यहाँबाट भाग्ने कुनै गुञ्जायस थिएन । भाग्ने समय त मैले पहिले नै अलमलमा खर्च गरिसकेको थिएँ । त्यहाँ पहिला नै पहलकदमी गुमेको थियो र त्यहाँ अर्काे नयाँ भौतिक परिस्थितिको निर्माण भइसकेको थियो ।

बदलिएको नयाँ परिवेशमा त्यहाँ नयाँ योजना निर्माण र प्रयोगको खाँचो थियो । त्यसलाई ठीकसँग प्रयोग गर्न नसक्दा अर्काे अतिमा जाकिने खतरा पनि सँगसँगै थियो । त्यहाँ थोरै चलाखीको मात्रा बढी हुँदा प्रकारान्तरले दुश्मन सेनाकै कब्जामा पर्ने खतरा पनि सँगसँगै थियो । यी दुवै अतिवादबाट जोगिएर क्रान्तिकारी द्वन्द्ववादी ढङ्गले वस्तुको विश्लेषण र नयाँ परिस्थितिमा नयाँ निकासका लागि नयाँ ढङ्गले प्रयत्न गर्नुपर्ने चुनौती विद्यमान थियो । त्यो ताका क्रान्तिको भीषण प्रक्रियामा दुश्मनका विरुद्धमा आगो ओकल्ने साथीहरु पनि दुश्मनको कब्जामा परिसकेपछि दुश्मनको दमन सहन नसकी छिट्टै गल्ने र क्रान्तिमाथि घात÷प्रतिघात गर्ने घटनाक्रमले पनि पार्टीको आन्तरिक पङ्क्तिलाई ज्यादै चिन्तित तुल्याएको थियो ।

उपरोक्त प्रकारको आन्तरिक तथा बाह्य भौतिक आत्मगत तथा वस्तुगत परिस्थितिमा म दुश्मन सेनाको घेराबन्दीमा परेको थिएँ । यद्यपि, त्यस प्रकारको घेराबन्दी र कब्जा मेरो निम्ति पहिलो भने अवश्य थिएन । यसभन्दा पहिला पनि म दर्जनौं पटक गिरफ्तार भएको थिएँ तर यसपालि दुश्मन सेनाको कब्जामा एउटा भिन्न पार्टीमा, एक भिन्न मोर्चामा, एक भिन्न जिम्मेवारीसहित, एक भिन्न समयमा, एक भिन्न परिस्थिति र भूगोलमा भएको थियो । मतलब, स्थिति ज्यादै खतरनाक, गम्भीर र ज्यानमारा प्रकृतिको एम्बुस थियो त्यो । यसलाई मैले पाँचांै मानव एम्बुसको रुपमा ग्रहण गर्ने निर्णय लिइसकेको थिएँ । क्रान्तिकारी लक्ष्य र उद्देश्यसहित अगाडि बढेका नेता तथा कार्यकर्ता र आम जनताहरुका निम्ति आर्थिक एम्बुस, सामाजिक एम्बुस, साँस्कृतिक एम्बुस र घरपरिवारको एम्बुसका अलावा मानवीय एम्बुस राजनीतिकमध्येकै एक भएकाले यस मोर्चामा मैले आफूलाई खरोरुपमा उत्तीर्ण गर्नुपर्ने परीक्षाको घडी आएको थियो । यो परीक्षामा पास हुनैपर्ने मेरो अगाडि एउटा गम्भीर चुनौती थियो । यसमा शीघ्र पहलकदमीको कुरा थियो ।

‘चारैतिर एलएमजी फिट गरिएको छ, भाग्ने कोशिस गरेमा सोझै गोली हानिनेछ । त्यसलाई ध्यान दिनुहोला ।’ यसपालि दुश्मन सेना अलि कड्केर बोलेको थियो । उसको बोलीमा कत्ति पनि मिठासको छनक थिएन ।

समग्रमा गुमेको फौजी पहलकदमीलाई फौजी भ्यूबाट हल गर्नुपर्ने आवश्यकता थियो– ईंटको जवाफ पत्थरले । तर, यस्तो निर्णय यतिबेला मैले एक्लै लिनुपर्ने र यस योजनामा पास हुनुपर्ने बाध्यात्मक अवस्था थियो । यहाँ यतिबेला मैले चिट चोर्ने कुनै गुञ्जायस बाँकी थिएन । यहाँ आवेग र विवेकका बीच उचित प्रकारको तालमेल र तादम्यता मिलाउँदै दुश्मन सेनालाई पुरै चक्मा दिने, त्यो हुन नसके हाँसी–हाँसी मृत्युवरण गर्ने कुरा पनि सँगसँगै थियो । पार्टीको योजनाको रक्षा र नेपाली क्रान्तिको विकासको पक्षमा आफूलाई समग्रमा सहिदहरुको लामबन्दीमा खडा गर्ने उच्च प्रकारको मनोबलसहित तयार हुनैपर्ने गम्भीर जिम्मेवारी बोध भइरहेको थियो ।

मेरो वरिपरि चारैतिर विद्यालय क्षेत्र रातो आतङ्कबाट क्षणभरमै सेतो आतङ्कमा बदलिएको थियो । दुश्मन सेनाले यहाँ गरेको ज्यादती र उसको पागलप्रलापले पुरै गाउँ आतङ्कित बनेको थियो । मैले जुन घरमा सेल्टर लिएको थिएँ, हाम्रो पार्टीका समर्थकहरुको घर थियो त्यो । उनीहरु दुवै जनाले अन्तरजातीय विवाह गरेका रहेछन् । दुई छोराछोरीको साथमा विद्यालय प्राङ्गणमा चिया पसल खोलेर बसेका श्रीमान् मेधसी मूलका र श्रीमती अर्घाखाँचीकी पहाडिया केटी रहेछन् । उनीहरुले दिउँसो त्यहाँको अन्तक्र्रिया कार्यक्रमका निम्ति पानी पिलाउने, चिया पिलाउनेदेखि लिएर जनसहभागिता गराउने काममा निकै सक्रियतापूर्वक साथ दिइरहेका थिए । ती दुवै जनासँग मेरो पहिलो पटक भेट भएको थियो । दिनभर कार्यक्रम अवधिभर निकै हँसिला–खुसिला देखिने अनुहारहरु यतिबेला पुरै भयभीत र आतङ्कित देखिन्थे ।

चिया पसल भएको घर एउटा सानो टाटीले बारेको झुपडी थियो । त्यो झुपडीमाथि दुश्मन सेनाले लगातार गोली वर्षाइरहेको थियो । त्यसैले हामीले उनका दुई नानीबाबुहरुलाई पलङमुनि सुरक्षित गरेका थियौँ । हामी भने घरको भित्तामा आड लिएर दुश्मन सेनाको स्थिति अध्ययन गरिरहेका थियौँ । त्यहाँबाट भाग्ने योजना प्रायः अब समाप्त भइसकेको थियो ।

यसैबीच दुश्मन सेनाले सर्चका क्रममा चिया पसल, जहाँ मैले सेल्टर लिएको थिएँ, त्यसको ढोकामा बुटले प्रहार ग¥यो । दुश्मन सेनाको जबरजस्त प्रहारले पुरै झुपडी हल्लियो । दुश्मन सेनाको अफिसर पुरै बौलाहा कुकुरझैं त्यो घरमाथि झम्टियो । त्यो घरको चिया पसले भाइले ढोका खोले र बाहिर गएर भने– ‘हजुर म घरको मालिक हो, मेरा चार भइना छोराछोरी छन्, मेरी श्रीमती छिन्, म हुलाकको रिटायर्ड कर्मचारी हुँ, पेन्सन खाइरहेको छु, म मधेशी मूलको बासिन्दा हुँ ।’ मतिर ईसारा गर्दैै उनले भने– ‘उहाँ सर भने गोली चलेपछि भित्र पस्नुभएको हो, म उहाँलाई चिन्दनँ ।’ ती चियापसले भाइको त्यस प्रकारको बयानपछि दुश्मन सेनाको ध्यान पुरै मतिर केन्द्रित भयो । म विशेषतः सामान्य अवस्थामा थिएँ । उनको त्यस प्रकारको बयानले मेरो पहिलो योजना पुरै ध्वस्त भएको थियो । त्यो अवस्थामा मैले आफ्नो दोस्रो योजनालाई क्रियाशील गराउनुपर्ने र त्यो पनि विद्युतीय गतिमा । दुश्मन सेनाको मुखबाट फुत्किहाल्यो– ‘तपाईं को हो ?’ ‘म लेखक हो ।’ दुश्मन सेनाले भनिहाल्यो– ‘ल त्यसो भए जाम सँगै ।’ यसरी म दुश्मन सेनाको पछि लागेँ र म पुरै दुश्मनको कब्जामा परेँ । दुश्मन सेनाले कारवाही स्थलमा मेरोबारे योभन्दा बढी बुझ्ने झन्झट उठाउन चाहेन ।

मसँग तत्काल कुनै प्रभावकारी प्रमाण नभए तापनि आफू एकजना लेखक भएको बताएर तत्काल योजनाको सुरक्षा गर्न र दुश्मन सेनालाई चक्मा दिएर उम्कनका लागि कैयौं आधारहरु थिए । तैपनि मैले त्यो बेला आफू केवल प्रगतिवादी लेखक भएको र बुटवलबाट प्रकाशित हुने प्रायः सबै पत्रपत्रिकाहरुमा लेख्ने गरेको र बुटवल तथा लुम्बिनीका कैयौं पत्रकारहरुलाई चिन्ने गरेको बताएको थिएँ । त्यस दौरानमा मैले लुम्बिनी दैनिकका प्रधानसम्पादक कर्णबहादुर कार्की तथा सोही पत्रिकाका कार्यकारी सम्पादक प. बाबुराम भट्टराईलाई राम्रोसँग चिनेको बताएको थिएँ । त्यही कारणले तत्काल दुश्मन सेना अन्योल र दुविधामा परेका थिए । पत्रकार तथा लेखक भनेकै आधारबाट उनीहरु थोरै पछाडि हच्किएका थिए । यसले मलाई त्यस बेला नयाँ ढङ्गबाट सोच्ने र दुश्मन सेनाको चङ्गुलबाट भाग्नका लागि समय प्राप्त भएको थियो । तैपनि प्रतिकूल भूगोलका कारण दुश्मन सेनाबाट भाग्न वा हामफालिहाल्ने स्थिति थिएन । यसका पछाडि दुईवटा कारण थिए –

१. मेरो सैन्य ज्ञानको सीमा समस्या तथा कमजोरी ।
२. दुश्मनको सिपाही/कमाण्डरहरुमध्ये तुलनात्मकरुपमा उदारवादी दृष्टिकोण वा कमजोर विन्दुको पहिचान गर्न असमर्थताको समस्या ।

यस्तै महत्वपूर्ण कारणहरुले गर्दा म अन्ततः दुश्मन सेनाको फलामे किल्ला अर्घाखाँचीको ठाडा बेसक्याम्पमा जाकिन पुगेको थिएँ । बेलुकीको ८ बजिसकेको थियो । यति बेलासम्म दुश्मनको पुरै जङ्गगी अड्डाभित्र कैद भइसकेको थिएँ । दिनभर जनमुक्ति सेनाको राजनीतिक कमिसारका हैसियतले विशाल सुरक्षा घेरामा थिएँ । साँझ पर्दा बित्तिकै तत्कालीन शाही नेपाली सेनाको विशाल जङ्गी अड्डाभित्र । दुश्मन सेनाको बेस क्याम्पमा पुगेपछि एक जना सिपाहीले खाना खान अनुरोध गरे । उनले पत्रकार भएकाले खाना खान दिने कुराको जिकिर गरे । ‘यदि तपाईं लेखक/पत्रकार नभएको भए खान खान दिने कुरा आउँदैनथ्यो,’ उनले भने । मैले तत्काल उनको कुराको प्रतिवाद गर्दै भनें, ‘यसको मतलब तपाईंहरु पत्रकारसँग अझै डराउँदै हुनुहुन्छ ।’ उसले तत्काल कुनै प्रतिक्रिया जनाउन चाहेन । जे होस् यतिबेला दुश्मन सेनाले मसँग राम्रो व्यवहार गरेका थिए । मैले तत्काल चियामात्र खाने र खाना नखाने जिकिर गरेँ । त्यसो गर्नुका पछाडि मुख्यतः दुईवटा कुराहरुले काम गरका थिए– १) भित्र चियाको प्रबन्ध नभएकाले क्याम्पबाहिर पुग्न सकिने सम्भावनाको खोजी, २) बाह्य भूगोलको संक्षिप्त सर्वे गर्दै दुश्मन सेनालाई चक्मा दिने र सम्भव भए पुरै शक्तिको प्रयोग गर्दै विद्युतीय गतिमा भाग्ने प्रयत्न गर्ने । तर, दुश्मन सिपाहीले त्यसका निम्ति आफ्ना सिपाहीसँग अनुमति नलिई क्याम्पबाहिर जान नपाइने जिकिर गरे । दुश्मन सिपाहीको यस प्रकारको अभिव्यक्तिले मेरो नयाँ योजनामा खास प्रगति हुने लक्षण देखिएन । यसरी बाहिर निस्कने योजना विफल भइसकेपछि त्यस रात दुश्मन क्याम्पमा नै रहिरनुपर्ने बाध्यता बन्दै गइरहेको थियो । यसैबीच, दुश्मन सेनाले तत्काल खाना नखाने भए आराम गर्न सकिने फर्मान जारी ग¥यो र उसले अगाडि भन्यो– ‘चारैतिर एलएमजी फिट गरिएको छ, भाग्ने कोशिस गरेमा सोझै गोली हानिनेछ । त्यसलाई ध्यान दिनुहोला ।’ यसपालि दुश्मन सेना अलि कड्केर बोलेको थियो । उसको बोलीमा कत्ति पनि मिठासको छनक थिएन ।

दुश्मन सेना मेजरको कोठाबाट नयाँ आदेश लिएर आएका एक जना सिपाही बाहिर निस्कँदै भने, ‘पत्रकारलाई होटलमा सुताउने रे, अर्काे व्यक्तिलाई बेस क्याम्पमा ।’ सैनिक क्याम्पमा दिउँसो मैले सेल्टर लिएको चिया पसले भाइलाई पनि दुश्मनले गिरफ्तार गरी त्यहीँ ल्याएको रहेछ । यो कुराको जानकारी मलाई बल्लमात्रै भएको थियो । जे होस् स्थिति अब झनै खतरनाक बन्दै गएको अनुभूति गरेँ । तर, मसँगै रहेका दुश्मन सिपाहीले भने– ‘अर्काे व्यक्तिका लागि कुनै व्यवस्था छैन, मेजर साबलाई सोध्, दुवै जनालाई एकै ठाउँमा राख्दा कसो होला ?’ उसको यो भनाइले मलाई थोरै राहत भयो । खासगरी सँगै बस्न पाए केही नयाँ योजना बन्ने पक्का थियो । त्यसैले मैले केही राहतको सास फेरेको थिएँ । यसैबीच, भित्र कोठाबाट मेजर पनि हाम्रो नजिक आइपुगे । मैले त्यो बेलासम्म त्यस बेस क्याम्पको दुश्मन अफिसरलाई चिनेको थिइनँ ।

तर, दिउँसो दोहोरो भिडन्तको क्रममा उनी निकै सक्रियतापूर्वक आदेश दिने र सेना परिचालनका काममा दौडधुप गरिरहेकाले उनी पक्कै पनि टिम कमाण्डर भएको कुरा अनुमान लगाउन त्यति धेरै गाह्रो भएन । तैपनि उनी कुन तहको अफिसर हुन् भन्ने छुट्याउन मलाई धेरै अप्ठ्यारो परेको थियो । उनले मतिर ईशारा गर्दै भने– ‘सर तपाईं दुवैजना आज एकै ठाउँमा बस्नुहोस् । भोलि बिहानै कुराकानी गरौँला । आखिर रातिमा आरामै गर्ने हो । यतै आराम गरौँ ।’ दुश्मन अफिसरले अन्त्यन्तै शिष्ट र मीठो भाषामा सम्बोधन गरेका थिए । दुश्मन अफिसरको शिष्ट र मर्यादित भाषाभित्र खतरनाक योजना लुकेको पनि हुन सक्ने कुरा जगजाहेरै थियो । दुश्मन अफिसरको यो भनाइले केही आशङ्का थपेको भए पनि तत्काललाई हामी दुवैलाई एकै ठाउँ र अझ विशेषगरी एउटै कोठाभित्र आराम गर्न दिएर एउटा अवसर नै दिएको अनुभूति भयो र यसलाई मैले तत्कालका निम्ति सकारात्मकरुपमा लिएँ ।

हामी दुश्मन सेनाले भाडामा लिएको क्याम्पदेखि दक्षिणपट्टिको एउटा कोठामा पुग्यौँ । हामी त्यो कोठामा एउटै पलङमा दुईजना सुत्नुपर्ने प्रायः निश्चितजस्तै थियो । त्यसभन्दा पहिलो रात पनि हामी ती मधेशी भाइले व्यवस्था गरेको हर्रेबर्रेस्थित जनताको घरमा सँगै आराम गरेका थियौँ । त्यहाँ रहँदा उनले हाम्रो टिमको खानपान तथा हामी बस्ने घरको व्यवस्था मिलाइदिएका थिए । उनको पार्टीमा के हैसियत थियो ? त्यो कुराको जानकारी मलाई थिएन तर उनी हाम्रो पार्टीको शुभचिन्तक भएको कुराको अनुमान लगाउन मलाई कुनै समस्या थिएन । उनी र उनको परिवारले दिनैभर अन्तत्र्रिmया कार्यक्रममा जनसहभागिता गराउनेदेखि लिएर पानी, चिया र खाजाको प्रबन्ध गराउने काममा पुरै दत्तचित्त भएर खटेका थिए । उनको यसको खटनपटनले हाम्रो जनमुक्ति सेनाको पुरै टिम प्रभावित भएको थियो । रात छिप्पिँदै थियो । तर, त्यो बेलासम्म मलाई जनमुक्ति सेनाको चिन्ताले पिरोलिरहेको थियो । दुश्मन सेनाले भिडन्त स्थलबाट बाह्रथान थ्री नट थ्री राइफल, बाह्र थान ग्रिनेट, बाह्र थान झोला आफ्नो कब्जामा लिएको थियो । झोला भनेको जनमुक्ति सेनाको घर हो । हतियार भनेको जनमुक्ति सेनाको गहना हो । यी दुवै चिजहरु उसले आफ्नो कब्जामा लिएको थियो । जनमुक्ति सेनाको भरणपोषण तथा औषधी उपचार तथा लजिष्टिकका लागि जिल्ला सचिव विमलले दिनुभएको ५३ सय रुपैयाँ मसँग थियो ।

रातको एक बजेको थियो, बाहिर सिमसिम पानी परिरहेको थियो । चारैतिर दुश्मन सेनाका सीआईडी कुकुरहरु भुकिरहेका थिए । अब प्रायः त्यस भेगमा रहेका स्थानीय जनता भने मस्त निन्द्रामा सुतिरहेका थिए तर दुश्मन सिपाहीहरु भने मोर्चामा तैनाथ थिए । यसैबीच भाइ पनि बाहिर आए र उनले भने– ‘सर भाग्ने ठाउँ त राम्रो रहेछ ।’ तर मैले पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशा छट्याउन सकिनँ । एक प्रकारले दिशाभ्रम भयो । पहिले त म विश्वस्त नै थिएँ । तर, हेर्दाहेर्दै दिशा भ्रम भयो र म पनि पुरै अलमलिन पुगेँ ।

एउटा रोचक कुरा के छ भने जनमुक्ति सेनाका एक जना घाइते साथीलाई एउटा घरमा सलाइन चढाएर राखिएको थियो । उनले भिडन्त सुरु भइसकेपछि यसै पनि यो सलाइन शरीरमा जाने, उसै पनि जाने भनेर सलाइन पानी घटघटी पिएर त्यो सेल्टर छोडी घाइते अवस्थामा भाग्दै गरेको दृश्य मेरो आफ्नै आँखाले देखेको थिएँ । जनमुक्ति सेना यतिबेला खुला आकाशमुनि आफ्नो राजनीतिक कमिसारबिना कहाँ भौतारिरहेका होलान् ? कति साथीहरु मारिए ? कति साथीहरु घाइते भए ? कति साथीहरु समातिए ? हाम्रोतर्फ के–कति क्षति भयो ? स्थानीय सहयोगी जनताको स्थिति कस्तो छ ? योजनाको गोपनियता बचाउन सकिन्छ कि सकिँदैन ? दुश्मन सेनाको क्याम्पबाट बाहिर निस्कन सम्भव हुन्छ कि हुँदैन ? यदि भए कसरी सम्भव हुन्छ ? यिनै प्रश्नहरुले मलाई निकै गम्भीर र चिन्तित बनाइरहेका थिए । त्यस होटलको कोठाभित्र निद्रा लाग्ने कुरै थिएन । यस प्रकारको क्रान्तिकारी परीक्षाको घडीमा आफू कसरी उत्तीर्ण हुने ? अझ त्यो पनि एक्लै । स्थिति यति धेरै गम्भीर थियो कि त्यस ताका दुश्मन सेनाले आफ्नो हिरासतमा लिएको कुनै पनि व्यक्तिलाई जिउँदो छोडेको थिएन । त्यो आर्कमा म एउटा सिङ्गो नेपाली वामपन्थी कम्युनिस्ट आन्दोलनको एक क्रान्तिकारी सिफाहीको हैसियतले के भूमिका खेल्नुपर्दछ ? वा, म एकजना सामान्य सिपाही भएकाले जे गरे पनि हुन्छ ? जस्ता अनगिन्ती प्रश्नहरुले मसँग जवाफ मागिरहेका थिए । यस्ता प्रश्नहरुको सकारात्मक उत्तरहरु दिएबिना मेरो भूमिका पूरा हुने कुरै थिएन । त्यसैले मैले तत्काल ज्वलन्त प्रकृतिका प्रश्नहरु र दीर्घकालीन प्रकृतिका प्रश्नहरुको छनोट गरें । र, तत्काल हल गर्नुपर्ने विषयहरुबाट नै आफ्नो कामलाई अगाडि बढाउने प्रयत्न गरेँ । यसो गर्दा सर्वप्रथम मसँगै राखिएका हाम्रो पार्टीका शुभचिन्तक मधेशी भाइ (उनको नाम थाहा भएन) लाई सोधेँ– ‘तपाईंलाई केही सोधेको छ ?’ उनलाई पनि निन्द्रा लाग्ने कुरै थिएन । उनको उत्तर आयो–‘केही सोधेको छैन सर ।’ यस प्रकारको गिरफ्तारी उनको जीवनमा सम्भवतः यो पहिलो पटक नै थियो । त्यसैले उनी निकै आतङ्कित र भयभीत थिए । उनले भने, ‘सर मैले एउटा गल्ती गरिहालेँ, अब म अर्काे गल्ती कुनै पनि हालतमा गर्दिनँ । तपाईं आफ्नो तरिकारले, म आफ्नो तरिकाले छुट्ने प्रयत्न गरौँ ।’ उनको भनाइ निकै संश्लेषित प्रकारको थियो । उनले मेरो योजनामा पूर्णविश्वस्त भएको बताए । तर, स्थित यस्तो पनि थिएन । मसँग पनि आफू एकजना लेखक वा पत्रकार भएको भनी छुट्नका लागि प्रभावकारी प्रमाण र तथ्यहरु जुटाउन निकै गाह्रो थियो । त्यस प्रकारको बयान त एउटा सिटामोलको ट्याब्लेट थियो । तत्काल दुश्मन सेनालाई झुक्याउनका निम्ति पेश गरिएको एउटा र क्षणिक कुरा थियो । यसको नशाले दुश्मन सेनालाई केही क्षण अर्थात् बढीमा रात भरमात्र लठ्याउन सकिन्थ्यो । उज्यालो हुनेबित्तिकै यसको नशा समाप्त हुनेवाला थियो । त्यो पत्रकार वा लेखकरुपी ट्याब्लेटको नशा सिद्धिनेबित्तिकै हामीमाथि झम्टेर रगत पिउनेवाला थियो दुश्मन सेना । पुरै रगत पिउने नरभक्षी बाघझैं झम्टिनेवाला थियो । त्यसको पीडाको अनुमान त पहिला नै लगाउन कुनै कठिनाइ थिएन । तर, मसँगै भएका मधेशी भाइको मनोबललाई उच्च बनाइराख्नका लागि मैले हर प्रकारको प्र्रयत्न गर्नुपर्ने अभिभावकीय दायित्व थियो । त्यसैले मैले तत्काल उनलाई सबै प्रकारले विश्वस्त पार्दै आफू एक जना लेखक/पत्रकार भएको भनें । दुश्मन सेनालाई चक्मा दिन सक्ने स्थितिमा रहेको बताएँ । यस कुराले उनी निकै खुसी भए र केही राहतको श्वास फेरे ।

रातको एक बजेको थियो, बाहिर सिमसिम पानी परिरहेको थियो । चारैतिर दुश्मन सेनाका सीआईडी कुकुरहरु भुकिरहेका थिए । अब प्रायः त्यस भेगमा रहेका स्थानीय जनता भने मस्त निन्द्रामा सुतिरहेका थिए तर दुश्मन सिपाहीहरु भने मोर्चामा तैनाथ थिए । यसैबीच भाइ पनि बाहिर आए र उनले भने– ‘सर भाग्ने ठाउँ त राम्रो रहेछ ।’ तर मैले पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशा छट्याउन सकिनँ । एक प्रकारले दिशाभ्रम भयो । पहिले त म विश्वस्त नै थिएँ । तर, हेर्दाहेर्दै दिशा भ्रम भयो र म पनि पुरै अलमलिन पुगेँ । हामीले केही समय त कोशिस ग¥यौं । तर, भाग्दा उल्टै दुश्मनको बेस क्याम्पमा पो पुगिने हो कि भन्ने डरले हामी बडो दुविधामा प¥यौं । यत्तिकैमा दुश्मनको कुकुर खुला राखेकाले कुकुरको आक्रमण हुने देखियो । त्यसैले भाग्ने योजना स्थिगित हुन पुग्यो । तर, हामी दुवैको बीचमा कार्यान्वयनमा भने अब एकरुपता देखापरेको थियो । जे होस्, हाम्रो त्यो योजना कार्यान्वयन हुन सकेन । हामी पुनः कोठामा फर्कियौँ ।

दोस्रो दिन बिहान दुश्मन अफिसरले आवश्यक बयानका लागि होटल कोठामा आइपुगे । उनले हातमा कापी र कमल लिएका थिए । उनका वरपर कैँयौँ जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु थिए । कतिपय दुश्मन सिपाहीहरु पहिला पनि कतै–कतै देखे–देखेजस्ता, चिने–चिनेजस्ता, चिर–परिचितजस्ता थिए । तर, यही आशङ्का र अन्योलका बीचमा दुश्मन अफिसरले केही प्रश्नहरु ते¥स्याए । उनले त्यो बेला राखेका प्रश्नहरु निम्न प्रकार थिए–
१. तपाईंको वास्तविक नाम के हो ?

२. तपाईंको घर कहाँ हो ?

३. तपाईं के काम गर्नुहुन्छ ?

४. तपाईंले कलम चलाउन थालेको कति भयो ?

५. तपाईंले सबैभन्दा बढी कुन पत्रिकामा लेख्नुहुन्छ ?

६. सबैभन्दा पछिल्लो लेख कुुन हो ?

७. त्यो पत्रिकाको सम्पादकको नाम के हो ?

८. तपाईं के सिलसिलामा यहाँ आउनुभएको हो ?

दुश्मन अफिसरका माथि उल्लेखित प्रश्नहरुका उत्तरमा क्रमशः मेरो जवाफ यस्तो थियो–

१. मेरो नाम नारायण खनाल हो ।

२. मेरो घर अर्घाखाँची हो ।

३. म लेखक हुँ ।

४. करिब दस वर्ष भयो ।

५. मैले सबैभन्दा बढी लेख्ने गरेको भनेर ठ्याक्कै भन्ने हो भने यही हो भन्न सकिने स्थिति छैन किनकि म प्रायः बुटवलबाट प्रकाशित हुने सबै पत्रिकामा लेख्ने गरेको छु ।

६. पण्डित बाबुराम भट्टराई हो ।
७. अर्घाखाँची आफ्नो पुख्र्याैली घर जाने सिलसिलामा ।

तेस्रो दिन : बिहान दुश्मन सेनाका अफिसरले हामी दुवैलाई चिया खाएर अफिसमा आउन निर्देशन गरेछन् । बिहानको सम्भवतः सात बजेको थियो । दुई दिनसम्म लगातार परेको वर्षा अब बिदा भइसकेको थियो । चारैतिर हरियाली थियो । सन्धिखर्क–पत्थरकोट सडक बिग्रिएकाले प्रायः गाडीहरु सबै बन्द नै भएका थिए । दुश्मन सेनाको चारैतिर सुरक्षा फोर्स परिचालित थियो । स्थानीय जनता पैदल आवतजावत गरिरहेका थिए । हाम्रो आँखामा दुई दिनदेखि पट्टि बाँधिएको थियो । हातमा हतकडी लगाइएको थियो । खाना र चिया खाने बेलामा मात्र खोल्ने गरिन्थ्यो । दुश्मन क्याम्पमा मैले खाना खाएको थिइनँ । त्यही कारणले चिया खाने अवसर जुट्थ्यो । चिया खाँदै थियौँ । दुश्मन सेनाका कैयौँ जवानहरुले मेरो बारेमा अनौपचारिक सोधपुछ गरिरहेका थिए । मैले आवश्यकताअनुसार आफ्नो बारेमा बताई पनि रहेको थिएँ । यो प्रक्रिया करिब दर्जनौँ दुश्मन सिपाहीहरुसँग भइरहेको थियो । तर, अब भने स्थिति पट्यारलाग्दो बनिसकेको थियो । बेस क्याम्पमा रहेका प्रायः सबै दुश्मन अफिसर तथा सिपाहीहरुको चिया क्यान्टिन एउटै भएकाले त्यहाँ ज्यादै भिडभाडको स्थिति थियो । त्यो पुरै भीडलाई आफ्नो बारेमा बताएर साध्य पनि थिएन । किनकि मलाई दुश्मन अफिसरसँग नबसी सुखै थिएन । फेरि मेरो बारेमा त्यो भीडले फैसला गर्ने पनि होइन । त्यहाँबाट कुराको छिनोफानो हुने पनि होइन । त्यस कारण मेरो बारेमा जान्न चाहने एक जना दुश्मन सिपाहीलाई मैले तत्काल भने– ‘हेर्नाेस् मलाई तपाईंहरुको अफिसरसँग नबसी सुखै छैन । फेरि तपाईंबाट मेरो बारेमा छिनोफानो हुने पनि होइन । यसर्थ, अब जे–जे कुरा गर्नु छ म तपाईंको अधिकृतसँग नै गर्नेछु । अब यहाँ केही कुरा हुँदैन ।’ यसरी मैले आफ्ना भनाइलाई पुरै शानसँग के राखेको थिएँ, एक जना दुश्मन सिपाही पहिलादेखि नै गम्भीर मुद्रामा ममाथि कर्केनजर लगाएर ठिङ्ग उभिएका थिए, उनले मेरो अगाडि आएर मेरो छातीमाथि एस.एल.आर. सोझ्याउँदै भने– ‘को हो अधिकृत ? देखाइदिऊँ ? देश कसका हातमा छ ? देश हाम्रो हातमा छ, बुझिस् ?’ उनी पुरै पागल कुकुरझैं ममाथि झम्टिए । यस घटनाले यहाँको सम्पूर्ण वातावरण नै बिग्रियो । उनले ‘पख्, अब तेरो बारेमा अहिले नै फैसला हुन्छ’ भन्दै भित्र दुश्मनको अफिसर कोठातिर लागे । स्थिति ज्यादै तनाव र अन्योलपूर्ण बन्दै गएको थियो । यसैबीच दुश्मन अफिसर हाफ पाइन्ट र हाफ भेष्टमा बेस क्याम्पबाट गर्जिर्दै बाहिर आएर भने– ‘यसको हात पनि बाँध्, खुट्टा पनि बाँध् र आँखा पनि बाँध् । यसलाई हेलीमा हाल्ने र एउटा जङ्गलमा लगेर जिउँदै खसाल्ने ।’ दुश्मन अफिसरको यस्तो आदेश आएपछि तत्काल दुश्मन सिपाहीले मेरो हातखुट्टा बाँधे, आखाँमा कालो पट्टी लगाए र लात्ताले हिर्काउँदै आफ्नो बेस क्याम्पमा पु¥याए । त्यहाँ एउटा एल.एम.जी. हतियार फिट गरिएको सेन्ट्री पोष्टमा बसेको जवानले आफ्नो अफिसरलाई भने– ‘सर यो मान्छे त ठूलो मानिसजस्तो लाग्छ । रेडियोले बिहानदेखि यसकै बारेमा समाचार वाचन गरिरहेको छ । यसलाई तत्काल नछोड्ने हो भने ठूलो आन्दोलन हुने देखिन्छ । सरले केही थाहा पाउनुभएको छ कि छैन ?’ अफिसरले भने– ‘के भनेको छ रेडियोले ?’ सिपाहीले जवाफ दियो– ‘यो मानिस दैनिक लुम्बिनी बुटवलको सम्पादक रहेछ सर ।’ सिपाहीको यस्तो कुरा सुनेपछि दुश्मन अफिसर पुरै अन्योल र अलमलमा पर्यो । तैपनि मलाई त्यहाँ एउटा काठको मूढो पल्टाएझैं पल्टाएर सेन्ट्री पोष्टमा राखिएको थियो । चारैतिर दुश्मनका सिपाहीहरुले पहरा दिइरहेका थिए ।

दुश्मन सेनाका सिपाहीहरुले मेरो त्यस प्रकारको हर्कत देखिसकेपछि अन्दाधुन्द फायरिङ सुरु गरे । मलाई भेट्टाउन सक्ने कुरै थिएन । किनकि म तुफानी दौडमा थिएँ । क्षणभरमा नै म बुटवल अर्घाखाँची सडकखण्ड छोडेर एउटा भीरबाट हाम फालेँ । दिनभर डाँडापाखा, खोलाकन्दरा हुँदै बेलुकी ९ः१५ मा महेन्द्रकोट गा.वि.स.को वीरपुर टोल भेट्टाउन पुगेँ ।

दुश्मन अफिसरले तेस्रो दिन बिहान लुम्बिनी दैनिकको प्रधान कार्यालय बुटवलमा मेरो सामुन्ने फोन गरेका थिए । उनले फोनमा यही सोधेका थिए– ‘यो दैनिक लुम्बिनी हो ? पण्डित बाबुराम भट्टराइलाई चिन्नुहुन्छ ?’ दैनिक लुम्बिनीको कार्यालयले त्यसको उत्तर के दिएको थियो ? त्यो कुराको जानकारी मलाई भएन । दुश्मन सिपाहीले यो ठूलो मान्छे, अर्काेतिर रेडियोले हल्ला गरेको जस्ता कुरा गरेपछि दुश्मन शिविर अन्योलमा एकातिर परेको थियो भने अर्काेतिर म पनि अन्योल र दुविधामा परेको थिएँ । स्थिति मेरो बुझाइदेखि बाहिर हुँदै गइरहेको थियो । जे होस्, यतिबेलासम्म बिहानको ८ बजिसकेको थियो । दुश्मन अफिसर मेरो नजिकै आएर मेरो हात, खुट्टा र आँखा खोल्न लगाए र पुनः पुरानै स्थितिमा फर्काए । र, भने– ‘हामीले तपाईंको बारेमा राम्रोसँग थाहा पायौँ । तपाईं ठूलो लेखक हुनुहुँदो रहेछ । तपाईं आज यतै बस्नुहोस् । भोलि बिहान तपाईंलाई जमानतका लागि बुटवलबाट पत्रकारहरुको टिम आउँदै छ । उहाँहरु आउनेबित्तिकै तपाईंलाई छोडिनेछ । तपाईंसँग भरपर्दो प्रमाण भएको भए हामी अहिले पनि छोड्ने थियौँ । तपाईंसँग अभद्र व्यवहार भएकोमा माफी पाऊँ ।’ यस प्रकारको भनाइले स्थिति झनै बिग्रन सक्ने अनुमान लगाउन कुनै गाह्रो थिएन । दुश्मन अफिसरले मेरो वस्तविक नामका पछाडि भट्टराई जोडिरहेको थियो । यसले म पनि अन्योलमा परिरहेको भए तापनि उसका अगाडि तत्काल केही प्रतिक्रिया जनाएको थिइनँ । यसले फाइदा गर्ने हो कि बेफाइदा गर्ने हो ? यस्तै दुविधाको बीचबाट मैले यस विषयमा प्रतिवाद गर्न उपयुक्त ठानिनँ । तर, अब एउटा कुरा भने पक्का भइसकेको थियो कि बुटवलबाट पत्रकारहरुको टिम नै आउनेछ र त्यस प्रकारको टिममा को–को हुनेछन् ? तिनीहरुको भूमिका के–के हुनेछ ? यस प्रश्नमाथि विचार गर्दा उक्त टिममा जोसुकै आए पनि मेरो बचावट नहुने निष्कर्ष निकालें । त्यस प्रकारको बचावट हुन्थ्यो वा हुँदैनथ्यो त्यो कुरा आफ्नो ठाउँमा छ । म त्यो रात दुश्मन कष्टडीभित्र रहने वा राति नै वा बिहानसम्म जुनसुकै चुनौतीको सामना गर्दै दुश्मन कष्टडीबाट भाग्ने निचोड निकालें ।

चौंथो दिन बिहान ६ः३० बचेको थियो । चिया पसलमा आई एक कप चिया खाएँ । दुश्मन सेनाका एक जना सिपाहीले मेरो चियाको पैसासमेत दिनको निम्ति एक हजार रुपैयाँको नोट चिया पसले नानीलाई बुझाए । त्यो चिया पसले नानीसँग खुजुरा पैसा नभएको उनले जिकिर गरिन् । दुश्मन सिपाही र ती चिया पसले नानी धेरै बेरसम्म अल्मलिए । यस स्थितिको फाइदा उठाउँदै विद्युतीय गतिमा सुरुमा दुश्मनको नजर पर्ने ठाउँसम्म सुरुमा बिस्तारै त्यसपछि विद्युतीय गतिमा म आफ्नो बाटो तताएँ । दुश्मन सेनाका सिपाहीहरुले मेरो त्यस प्रकारको हर्कत देखिसकेपछि अन्दाधुन्द फायरिङ सुरु गरे । मलाई भेट्टाउन सक्ने कुरै थिएन । किनकि म तुफानी दौडमा थिएँ । क्षणभरमा नै म बुटवल अर्घाखाँची सडकखण्ड छोडेर एउटा भीरबाट हाम फालेँ । दिनभर डाँडापाखा, खोलाकन्दरा हुँदै बेलुकी ९ः१५ मा महेन्द्रकोट गा.वि.स.को वीरपुर टोल भेट्टाउन पुगेँ । वीरपुर चौराहमा पुग्दा झपक्क बिजुली बत्ति बलिरहेका थिए । त्यहाँ भलवाड गा.वि.स.का गुणानिधि घिमिरे प्रतीक्षालयमा बसिरहेका थिए । उनलाई देखेपछि मैले धेरै ठूलो राहतको श्वास फेरेँ र उनकै सहयोगमा वीरपुरस्थित उनको एक जना सहयोगीकहाँ बसियो । र, उनले मेरो रातभर सेल्ट्री गरे ।

अन्त्यमा, चौथो दिन बिहानका प्रायः सबैजसो पत्रपत्रिका तथा रेडियोका समाचारहरु सुनें । दुश्मन सेनाले मलाई पण्डित बाबुराम भट्टराई, लुम्बिनी दैनिकका प्रधान सम्पादक भनेर नरम व्यवहार गरेको र उसले मलाई बुटवलका पत्रकारहरुको आगमनपश्चात् मात्र छोड्ने आश्वासन दिएको रहेछ । जे होस् त्यो बेला संयोग नै भनौं, मेरा प्रिय मित्र पण्डित बाबुराम भट्टराई आफ्नो गृह वा पुर्खाैली जिल्ला अर्घाखाँचीको पोखराथोक गा.वि.स. जानका निम्ति त्यही बेला नै हिँड्नुभएको रहेछ । कतै हाम्रो अभिभावक बीचबाटोमा गिरफ्तार हुनुभएको त होइन भनेर लुम्बिनी दैनिकका पत्रकारहरुको स्टाफले चिन्तित भई आफ्नो अभिभावकलाई छुटाउनका लागि लुम्बिनी दैनिकका निर्देशक दीपक विश्वकर्मा, सहसम्पादक विष्णु घिमिरे, तथा विष्णु पौडेललगायतका अन्य सञ्चारकर्मी साथीहरु ठाडा बेस क्याम्पमा पुग्नु भएछ । उक्त बेस क्याम्पमा पुग्दा दुश्मन सेनाका अफिसरले आफ्नो कमजोरी लुकाउन तपाईंहरुको पत्रकारलाई त हामीले छोडिसक्यौं भन्ने प्रतिक्रिया दिएछन् ।

उता, दुश्मन क्याम्पमा पण्डित बाबुराम भट्टराई गिरफ्तार भएको आशङ्कामा लुम्बिनी दैनिकका स्टाफहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा हारगुहार गरेपछि देशैभरिका विद्युतीय तथा छापा सञ्चारमिडियाहरुले पण्डित बाबुराम भट्टराईको रिहाइका लागि गरेको जनदबावको बलमा मात्र दुश्मन क्याम्पले मसँग नरम व्यवहार गर्नुका साथै सञ्चारकर्मीहरुको रोहवरमा जमानतमा छोड्ने आश्वासन बाँडेको रहेछ । जे होस्, त्यो कुराको जानकारी मैले लुम्बिनी दैनिकको बिहानै सुनेको ताजा समाचारबाट थाहा पाएँ । पण्डित बाबुराम भट्टराई गाउँतिर लागेकाले सञ्चारकर्मीको अप्रत्यक्ष सहयोगबाट एकपटक सामान्तवादको जङ्गी अड्डालाई चक्मा दिँदै पार्टी सम्पर्कमा पुग्न सफल हुँदा एउटा सुखद् अनुभूति भएको छ ।
(लेखक ज.स.पा. नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री