शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

समयपोष्ट २०७८ साउन १५ गते १४:१०

Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका ३ वडाको मुल सडक महाराजगञ्ज सल्लाघारी देखि न्युरो अस्पताल बासवरी सम्म १०० बिरुवा वृक्षारोपण गरेको छ ।

शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाण्डौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गर्नु भयो ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२८ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री