मंगलबार, ६ चैत २०८०

एमाले नेता खड्काले ‘तँ को हो ?’ भन्दै जब ड्युटीमा रहेका डाक्टरलाई नै थुने

समयपोष्ट २०७८ साउन १४ गते १३:२७

Advertisement

पूर्व राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काले चिकित्सकमाथि दुव्र्यवहार गरेको भन्दै अर्घाखाँची अस्पतालले कार्वाहीको माग गरेको छ ।

आमाको उपचार गराउन अस्पताल पुगेका पूर्व राष्ट्रियसभा सदस्य तथा एमाले जिल्ला नेता खड्काले अर्घाखाँची अस्पतालका चिकित्सकहरुलाई दूव्यहार गर्दै डा.कपिल गौतमलाई एम्बुलेन्स भित्रै थुनेको घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि प्रचलित ऐन नियम अनुसार कारर्वाही गर्न अस्पतालले माग गरेको हो ।

‘हिजो बिहान ११ः३२ बजे पूर्व राष्ट्रियसभा सदस्य श्री चन्द्र बहादुर खड्का ज्यूको आमालाई उपचारको लागि यस अस्पतालको आकस्मिक कक्षमा ल्याइएको र नि. मे. सू. डा.कपिल गौतम, डिउटीमा रहेका डा.पूजा पन्थ र आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य कर्मी द्वारा चेकजांच गरि केही समय आकस्मिक कक्षको अब्जरभेसन एरियामा राखी उपचार गरीएको र कोभिड निमोनियाको जटिलताको बिषयमा जानकारी गराई थप उपचारको लागि काठमाण्डौं जाने परामर्श दिई रिफर गरिएको थियो । आकस्मिक कक्षबाट डा.कपिल गौतम र डा.पूजा पन्थले रिफरको पुर्जि बुझाई अन्य बिरामी जाँच गरिरहेको र सोहि समयमा बिरामी एम्बुलेन्समा सार्ने क्रममा उहाँबाट डा.पूजा पन्थ तथा अन्य स्वास्थ्यकर्मी माथि तँ को हो ? यहाँको ओ .जे.टी., नर्स डाक्टर सबैको नाम लेखेर दे, मेरो बिरामीलाई केहि तलमाची भयो भने सब जिम्मेबार हुन्छौं भन्ने जस्ता धम्कीपूर्ण शब्दहरु प्रयोग, गालीगलौज तथा अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शी तथा संलग्न स्वास्थ्यकर्मीबाट जानकारी भएको थियो ।’ अर्घाखाँची अस्पतालद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘सोहि बखत डा.कपिल गौतम तत्काल उपस्थित भई एम्बुलेन्स भित्र प्रवेश गरी कोभिड बिरामीको प्रकृति अनुसार अक्सिजन मिलाइरहेको अवस्थामा, डा. कपिल गौतम एम्बुलेन्स भित्र रहेको स्थीति जानकारी हृदाँहँदै र प्रत्यक्षदर्शीले जानकारी गराउदागराउदै पनि बाहिरबाट एम्बुलेन्सको ढोका लगाई, यो डाक्टरको काम छैन, यसलाई पनि काठमाण्डौं लौजान पर्छ, बिरामी सँगै जान्छ, जस्ता अभद्र अपशब्द प्रयोग गरि गाडी चालकलाई तुरुन्तै गाडि हिडाल भनी दबाव दिईएको थियो । केहि समय एम्बुलेन्स भित्र थुनिएर अन्य व्यक्तीले ढोका खोल्न मद्धत गरे पश्चात् डा.कपिल गौतम एम्बुलेन्स बाट बाहिर निस्किए पछि एम्बुलेन्स बिरामी बोकी प्रस्थान गरेको थियो ।’

‘हालको कोभिड महामारीमा, स्रोतसाधन, जनशक्तिको अभाबको वावजुद पनि २४ सै घण्टा सातै दिन आफ्नो परिवार र ज्यानको प्रवाह नगरी बिरामीको स्वास्थ्यको संवेदनशीलताको ख्याल गरी अहोरात्र खटिने अस्पताल प्रमुख लगायत ड्युटीमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मी प्रति गरिएको दुर्व्यवहारले सम्पूर्ण स्वास्थ्यकर्मीको काम गर्ने मनोबल गिरेको, उत्साह घटेको र असुरक्षित महसुश भएको छ । स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने यस्ता क्रियाकलापले आफ्नो ज्ञान, सिप, दक्षताको सहि सदुपयोग गरि सेवामा तल्लीन हुन निकै कठिन हुने सम्पूर्ण अस्पताल कर्मचारीले महशुस गरेका छन् र कोभिड–१९को महामारीमा सेवामा खटिन निरुत्साहित भएका छन् तसर्थ सम्पूर्ण सरोकारवाला लगायत सम्बन्धित निकायलाई यस घटना प्रति गम्भिर ध्यानाकर्षण गराई घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथी प्रचलित ऐन नियम अनुसार कारवाहि प्रक्रिया अगाडि बढाई स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न यस अर्धाखाची अस्पताल परिवार जोडदार माग गर्दछ ।’ बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री