चर्चित डान्स रियालिटी शो सुपर डान्सरबाट हटाईन शिल्पा, अब करिश्माको ‘इन्ट्री’
समयपोष्ट
२०७८ साउन १३ गते ९:३९
भारतको चर्चित डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर-४ मा शिल्पा शेट्टीको ठाउँ करिश्मा कपुरले लिएकी छिन् ।
शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल चलचित्रहरू बनाउने आरोपमा पक्राउ परेका छन् । राज कुन्द्राको पक्राउको प्रभाव शिल्पा शेट्टीको व्यावसायिक जीवनमा पनि स्पष्ट देखिन्छ। शिल्पाले आफ्नो श्रीमानको पक्राउ पछि सुपर डान्सर ४ को कार्यक्रम रद्ध गरिन् । यस सप्ताहन्त करिश्मा शिल्पाको ठाउँमा जजको कुर्सीमा छन् ।
उक्त शोमा गीता कपूर, अनुराग बसु र शिल्पा शेट्टी जजको रुपमा थिए ।
प्रतिक्रिया