शुक्रबार, १४ वैशाख २०८१

निगमको निजीकरणको कामलाई यथावस्थामा राख्न आदेश

समयपोष्ट २०७८ साउन १० गते १८:००

Advertisement

सर्वोच्च अदालतले वायुसेवा निगमको निजीकरणको कामलाई यथावस्थामा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजीकरणसम्बन्धी अहिलेसम्म भए गरेका प्रक्रियाको आवश्यक कागजात लिएर जवाफसहित १५ दिनभित्र उपस्थित हुन आइतबार आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुन अघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नु नगराउनु भनी प्रत्यार्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको छ ।’

निवेदकले अन्तरिम आदेशसमेत जारी गरिपाउँ भनेर निवेदन माग गरेको सम्बन्धमा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले साउन २५ गते अन्तरिम आदेश छलफलको पेसी तोकी उपस्थित हुन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ग) बमोजिम प्रत्यार्थीहरुलाई जानकारी गराउन पनि इजलासले आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री