बिहीबार, १३ वैशाख २०८१

पूनम पाण्डेलाई राज कुन्द्राले के मात्र गरेनन्, पक्राउ परेपछि गरिन् यस्तो खुलासा

समयपोष्ट २०७८ साउन ७ गते २१:३२

Advertisement

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा पक्राउ परेपछि पूनम पाण्डेले राज कुन्द्राले आफ्नो शोषण गरेको खुलासा गरेकी छिन् ।

उनले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘राज कुन्द्रा र उनका सहयोगीको विरुद्धमा मैले सन् २०१९ मा उजुरी दिएको थिएँ । उनीहरुले मलाई संझौता रद्द गर्न दिएनन् ।’

पूनमले भनेकी छिन्–‘मलाई धम्की दिइयो र एक संझौतामा हस्ताक्षर गर्नका लागि वाध्य पारियो । जहाँ मैले उनीहरुको इच्छा अनुसार भिडियो सुट गर्न र पोज दिनुपर्ने थियो । यदि, मैले यस्तो काम गरिन भने मेरो सम्पूर्ण गोप्य कुराहरु लिक गरिदिने धम्की दिइएको थियो । मैले, संझौतामा हस्ताक्षर गर्न मानिन । यसपछि उनीहरुले एउटा एपमा ‘मलाई अहिले नै कल गर्नुहोस्, म लाइभ भिडियो देखाउन तयार छु’ जस्तो सन्देशको साथमा मेरो प्राइभेट नम्बर पनि लिक गरिदिए ।’

पूनमले आफ्नो नम्बर सार्वजनिक भएपछि यौन प्रस्ताव सहितका थुप्रै फोन आउन थालेको पनि उल्लेख गरेकी छिन् । यी सबै कुराहरुबाट मुक्ती पाउनका लागि आफूले तीन महिनाका लागि देश छाडेको पूनमले उल्लेख गरेकी छिन् । तर, भारत फर्किएपछि पनि आफूले यस्तै समस्या झेलेको र अन्त्यमा मोबाइल नम्बर नै परिवर्तन गरेको पूनमले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री