शनिबार, १५ वैशाख २०८१

ज्योति लाईफद्वारा बीमितको घरमै गइ कोरोनाको कारण भएको मृत्यु दावी भुक्तानी

समयपोष्ट २०७८ साउन ७ गते १८:४७

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।

ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका श्रीकृष्ण महर्जनको मिति २०७८/०२/०१ मा कोभिड १९को संक्रमणका कारण मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको ब्यक्ती निजकी रजिसा महर्जनले यस बीमालेख अन्र्तगत दावी भुक्तानीको लागि आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेकी थिईन् ।

कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिपुर शाखा प्रमूख शान्ता रिजालले रजिसा महर्जनलाई उनकै घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत रु २०,००,०००÷– दावी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री