बुधबार, १२ वैशाख २०८१

आज अन्तरिक्ष यात्रामा जाँदै जेफ बेजोस

समयपोष्ट २०७८ साउन ५ गते १८:४५

Advertisement

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस आज पहिलो अन्तरिक्ष यात्रामा जाँदैछन् । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यू शेर्फडमार्फत् बेजोस अन्तरिक्ष यात्रामा जान लागेका हुन् ।

उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षकी वाली फंक र १८ वर्षका एक युवक ओलिभर डायमेन रहनेछन् ।

उनीहरु अन्तरिक्षमा एक क्याप्सुलभित्र रहनेछन् जसको विशाल झ्यालबाट पृथ्वीको अद्धितीय दृश्य हेर्न पाउनेछन् ।

बेजोसको कम्पनी ब्लु ओरिजिनको तयार गरेको न्यु शेर्फड यान अन्तरिक्ष पर्यटनको अत्यधिक सम्भावनालाई क्यास गर्नका लागि डिजाइन गरिएको हो ।

अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार स्थानीय समय अनुसार बिहान नौ बजे न्यु शेफर्ड रकेट अन्तरिक्षयात्रामा उड्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री