मंगलबार, ६ चैत २०८०

मध्यभोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर बिक्री पुन: खुला

समयपोष्ट २०७८ साउन ५ गते १२:३०

Advertisement

सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाका लागि साधारण सेयरको बिक्री आजबाट पुन: खुला गरेको छ ।

भोटेकोशी गाउँपालिका- १ र ५ (साविक लिस्ती गा.वि.स र साविक मार्मिङ गा.वि.स), बाह्रबिसे नगरपालिका- ५ र ६ (साविक गाती गा.वि.स) तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स र साविक मानेश्वरा गा.वि.स) का आयोजनाबाट प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दालाई सेयर विक्री पुन: खोलिएको हो ।

वैशाख २१ देखि स्थानीय समूहको लागि छुट्याइएको कुल ६० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरिएको थियो । तर, कोरोनाको दोस्रो लहरबाट असहज परिस्थितिका कारण वैशाख २४ गते स्थगित गरिएको थियो ।

आजबाट पुन: बिक्री शुरू गरिएकोमा आवेदन दिने मिति छिटोमा साउन १७ र ढिलोमा साउन ३२ गतेसम्मलाई तोकिएको छ । न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

वैशाख २१ देखि २३ गते सेयरमा आवेदन दिएका आवेदकले यस निष्कासनमा पुन: आवेदन दिनु नपर्ने कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोकमा ३६ वटा र काठमाडौं जिल्लाका ७ वटा बिक्री तथा संकलन केन्द्रबाट आवेदन दिन सकिने आयोजनाले जनाएको छ । यसका अतिरिक्त नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूमार्फत पनि आवेदन बुझाउन सकिने छ । ईसेवा , आईएमई पे को ‘अनलाइन पेमेन्ट गेटवे’ को निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आवेदन गर्न सकिने आयोजनाले जनाएको छ ।

आयोजनाले पहिलो चरणमा कर्मचारी संचयकोषका संचयकर्ता तथा कर्मचारीहरु, सेयरधनी संस्थापक संस्थाका कर्मचारी एवं ऋणदाता संस्था कर्मचारीका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री