आइतबार, १० साउन २०७८

पत्नीले पतिलाई सबैजना आश्चर्यमा पर्ने आरोप लगाउँदै पुगिन् अदालत

समयपोष्ट २०७८ साउन १ गते १९:५३

Advertisement

श्रीमान -श्रीमतिको नाता धेरै राम्रो हुन्छ । आगोलाई साक्षी मानेर सात जन्मसम्म एक अर्काको साथ निभाउने कसम खाएका हुन्छन् । साना–साना झगडा हुँदै श्रीमान -श्रीमतिको नाता बलियो हुँदै जान्छ । पहिलाका मानिसहरुमा धैर्यता थियो । साना–मसिना कुरामा ध्यान दिँदैनथे । तर, आजकल साना–साना कुरामा झगडा हुँदा पनि सम्बन्ध विच्छेद गर्न खोजिरहेका हुन्छन् ।

हाल भारतको मध्य प्रदेशको गवालियर जिल्लामा एक अनौठो विषयले स्थान पाएको छ । पतिसँग सम्बन्ध विच्छेदको लागि पत्नीले अदालतमा मुद्दा दायर गरेकी छिन् ।

Advertisement

वास्तवमा गवालिएरको फेमिली अदालतमा एक महिना अघि एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गर्न पाउन भन्र्दै रिट हालेकी थिइन् । उनले कारण पतिलाई भुत जस्तो देखिएको बताएकी थिइन् । उनले अब आफु धेरै डराएको हुँदा पतिसँग बस्न नसक्ने बताएपछि अदालतका सबैजना आश्चर्यमा परेका थिए ।

महिलाले पतिसँग बस्न नसक्ने भन्दै प्रत्येक महिनाको लागि खर्च समेत दिनुपर्ने माग गरेकी छिन् । महिलाले पतिकै कारण अलग बस्न बाध्य भएको भन्दै खर्च पनि पतिले नै दिनुपर्ने दाबी गरेकी छिन् । हालसम्म अदालतमा उक्त विषयको सुनुवाई भएको छैन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री