बुधबार, २५ असार २०८२

भूषण कुमारविरुद्ध काम दिलाउने लोभ देखाएर बलात्कार गरेको आरोप, मुद्दा दर्ता

समयपोष्ट २०७८ साउन १ गते १६:५४

Advertisement

टी–सीरीज कम्पनीका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ ।

मुम्बईको डीएन नगर प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ । टी–सीरीजको प्रोजेक्टमा काम दिने लोभ देखाएर भूषण कुमारले ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोप छ ।

आरोपका अनुसार काम दिलाउने लोभमा सन् २०१७ अगस्टदेखि २०२० सम्म महिलामाथि अत्याचार गरियो । महिलाले उनीमाथि तीन भिन्न भिन्न स्थानमा उनीमाथि अत्याचार गरिएको आरोप लगाइन् । प्रहरीले यसबारे मुद्दा दर्ता गरिएको र हाल अनुसन्धान भइरहेको जानकारी दिए । यो मामिलामा हालसम्म गिरफ्तारी भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री