आइतबार, ६ जेठ २०८१

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड

समयपोष्ट २०७८ असार २३ गते ११:५२

Advertisement

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले गत असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बुधबार बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बुधबार बिहान भएको आइपिओ बाँडफाँटमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर हात पारेका छन् भने ६५ हजार ५३८ जनाको हात खाली हुन पुगेको छ ।

जसमध्ये ५ जना भाग्यशाली आवेदकले ११÷११ कित्ता शेयर पाएको विक्री प्रबन्धक एनएमबीले जनाएको छ । मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथा मार्फत सेयर बाँडफाँट गरिएको थियो ।

कुल सेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो भने, बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री