आजकाल कहाँ-के गर्दैछिन् सुहाना ?
समयपोष्ट
२०७८ असार २२ गते १२:४९
नायिका सुहाना थापा हाल आफ्ना माता पिताका साथ अमेरिकामा छिन् ।
चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेपछि उनी आमा झरना थापा र पिता सुनिल कुमार थापासँगै अमेरिका पुगेकी हुन् । नेपालमा कोरोना भइरसको दोश्रो लहर बढेपछि थापा परिवार अमेरिका हानिएको थियो ।
नायिका थापाले अमेरिकामा रमाउँदै गरेकी केही तस्विर सार्वजनिक गरेकी छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’बाट नै चर्चामा आएकी सुहाना हाल दोश्रो चलचित्र रिलिजको प्रतिक्षामा छिन् ।
प्रतिक्रिया