बुधबार, २५ असार २०८२

फातिमासँग विवाह गर्न किरणसंग डिभोर्स !

समयपोष्ट २०७८ असार २० गते १९:०४

Advertisement

श्रीमतीसंग डिभोर्स लिएसंगै बलिउडका चर्चित अभिनेता आमिर खानको नाम अभिनेत्री फातिमा सान शेखसंग जोडिएको छ ।

आमिरले फातिमासंग विवाह गर्नकै लागि किरण रावलाई डिभोर्स दिएको चर्चा चल्न थालेको छ ।

सुपरहिट सिनेमा ‘दंगल’को सेटमा फतिमासँग नजिक भएका आमिरले अर्को सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’मा सिफारिस गरेको चर्चा बलिउड मिडियामा चलेको थियो ।

तर यस विषयमा आमिर र फातिमाले कुनैपनि जवाफ दिएका छैन् । बलिउड मिडिया र सामाजिक सञ्जालमा आएका थरिथरिका समाचार र मिम्समा आमिरले किरणलाई विवाह गर्न श्रीमती रिनासँग डिभोर्स गरेका आमिरले हाल फतिमालाई विवाह गर्नकै लागि दोस्रो श्रीमती किरणलाई डिभोर्स दिएको अनुमान लगाएका छन् ।

Advertisement

आमिर र किरणले १५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरे । दुवैले संयुक्त विज्ञप्ती निकालेर वैवाहिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका थिए ।सार्वजनिक विज्ञप्तीमा वैवाहिक सम्बन्धमा नरहे पनि छोरा आजाद राव खानको भने मिलेर जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । बलिउड मिडियाका अनुसार आमिर र किरणबीच ‘लगान’को सेटमा पहिलो पटक भेट भएको थियो । सिनेमाको सेटमा एकअर्काको प्रेममा परेपछि आमिरले पहिलो श्रीमती रिना दत्तलाई डिभोर्स गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री