अभिनेत्री सुपुष्पा भट्टले गरिन् विवाह
समयपोष्ट
२०७८ असार १८ गते १९:१०
अभिनेत्री सुपुष्पा भट्ट विवाह बन्धनमा बाधिएकी छिन् ।
उनले शुक्रबार काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्ति मात्र सहभागी रहेको थियो ।
कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने निर्णय गर्दै विवाह निर्णय गरेका थिए । रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पाले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ मा काम गरेकी छन् । ‘चपली हाइट ३’ भने प्रदर्शनमा आउन बाँकी रहेको छ ।
प्रतिक्रिया