शनिबार, २८ असार २०८२

नसरुद्दीन शाह अस्पताल भर्ना

समयपोष्ट २०७८ असार १७ गते १९:५७

Advertisement

बलिउडका दिग्गज अभिनेता नसरुद्दीन शाह अस्पताल भर्ना भएका छन् ।

७० वर्षका शाह केही दिन अगाडि अस्पताल भर्ना भएको शाहका म्यानेजरले बताएका छन् ।

अभिनेतालाई फोक्सो तथा निमोनियाको समस्या देखिएको छ ।

म्यानेजरले भने– ‘शाहलाई दुई दिनदेखि अस्पताल भर्ना गरिएको छ । उनी डाक्टरको निगरानीमा रहेका छन् । निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो । अहिले फोक्सोमा पनि समस्या छ र अवस्था स्थिर रहेको छ ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री