आइतबार, ६ जेठ २०८१

१९.१२ अंकले बढ्यो नेप्से

समयपोष्ट २०७८ असार १७ गते १५:४९

Advertisement

आज नेप्से परिसूचक १९.१२ अंकले बढेर २ हजार ८४३ विन्दुमा पुगेको छ ।

आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.३३ अंकले बढेर ५२८.७१ विन्दुमा पुगेको छ ।

आज कुल २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ७० हजार १९८ पटक किनबेच हुँदा कुल ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् । यद्यपि, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा १९ अंक माथिको सुधार आइरहँदा पनि कारोबार रकम भने ७ अर्ब छुन सकेको छैन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री