शुक्रबार, १६ चैत २०८०

सन्राइज बैंक र हङ्गकङ्ग स्थित एटि सर्भिसेसबीच अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्झौता

समयपोष्ट २०७७ साउन १६ गते १६:३४

Advertisement

सन्राइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटि सर्भिसेस मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटि सर्भिसेस मार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

एटि सर्भिसेस मार्फत हङ्गकङ्ग बाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंक लि. का देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री