शनिबार, ८ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो आईएफसीको अवार्ड, ‘सन् २०१९ का लागि उत्कृष्ट साझेदार’

समयपोष्ट २०७७ साउन १६ गते १४:४१

Advertisement

नेपाल इन्भेष्टमेन्ट बैंक विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट पुरष्कृत भएको छ । इन्भेष्टमेन्ट बैंकले दक्षिण एशियाका न्यून आय भएका अन्तर्राष्ट्रिय विकास संगठन (आईडीए) मुलुकहरुका बैंकमध्ये ‘सन् २०१९ का लागि उत्कृष्ट साझेदार’ को सम्मान पाएको हो ।

‘ग्लोबल ट्रेड फाइनान्स प्रोगाम (जीटीएफए)’ अन्तर्गत सबैभन्दा बढी परिमाणमा ट्रेड फाइनान्स गरेकोमा आईएफसीले एनआईबीएललाई उक्त सम्मान दिएको हो ।

‘आईएफसीले नेपालमा ट्रेड फाइनान्सका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग साझेदारी गरेको हो । जसमार्फत स्थानीय व्यवसायहरुलाई गर्ने सहयोग बढाउनका लागि बैंक सक्षम हुनेछ र उनीहरुलाई अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु बढाउन पनि मद्दत पुग्नेछ,’ एनआईबीएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आईएफसीको ट्रेड फाइनान्स सहयताले देशको कर्पोरेट र साना तथा मझौला व्यवसायका क्षेत्रहरुलाई विश्व व्यापारमा हिस्सा बढाउन र विश्वभरका विभिन्न करेस्पोन्डेन्ट बैंकहरुसँग परिचित गराउन सबल बनाएको छ। यो सञ्जालले न्यून जोखिमका साथ चुनौतीपूर्ण बजारहरुमा कारोबार, प्रतिस्पर्धी लगानी प्रवर्द्धन र अन्तरसम्बन्धित बैंकहरुसँग सम्बन्ध स्थापित गर्नका लागि सहजीकरण गर्छ ।’

संसारमै तीव्ररूपमा वृद्धि भइरहेको दक्षिण एशियामा दिगो वृद्धि र समावेशी विकास, जनशक्ति विकास इत्यादिका लागि यस क्षेत्रमा विद्यमान चरम गरिबीको अन्त्य गर्दै साझा समृद्धिलाई बढावा दिन इन्टरनेशनल डेभलपमेन्ट एशोसिएशन (आईडीए) क्रियाशील छ ।

पाँचपटक ‘फाइनान्सियल टाइम्स बैंक अफ द इयर’ अवार्ड पाएको  एनआईबीएलका देशभर ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टरहरु, १०  राजस्व संकलन काउन्टरहरु र ५६ शाखारहित बैंकिङ काउन्टरहरु छन् । इक्रा नेपालबाट ‘ए’ क्रेडिट रेटिङ प्राप्त गरेको यस बैंकले अन्तर्राष्ट्रिय पब्लिकेसन ‘युरोनोमी’ ले प्रदान गर्ने ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्ड समेत पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री