लिवर्टी इनर्जीको आइपिओमा साउन ७ देखि आवेदन दिन पाईने

कोरोना भाइरसका कारण स्थगित भएको लिवर्टी इनर्जी कम्पनीको आइपिओमा साउन ७ गतेदेखि आवेदन खुल्ने भएको छ ।
कम्पनीले गत फागुन २७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो। सो अवधिमा कोरोनाका कारण चैत ११ गतेदेखि देश लकडाउनमा भएपछि आइपीओ बिक्री स्थगित भएको थियो। आइपिओमा साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

Advertisement

कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्नेलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेंसीसहर नगरपालिका- ११ का स्थानीयलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता बाँडफाँट गर्नेछ। त्यसैगरी, सो बाहेकका लमजुङ जिल्लाका बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता सेयर बाँडफाँट गर्नेछ।
प्रतिकित्ता १०० अंकित दरका सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री