२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न प्रभु बैंकलाई अनुमति

नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

Advertisement

बैंकले ८ वर्षे अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” जारी गर्न अनुमति प्राप्त गरेको हो ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र जारी गर्दैछ । बैंकले कुल निष्काशनमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री खुल्ला गर्ने छ।

बैंकले ८ वर्षे अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” जारी गर्न लागेको हो। ऋणपत्रमा लगानीकर्ताले वाषिर्मक १० प्रतिशतका दरले ब्याज पाउनेछन्। बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री