शनिबार, ८ वैशाख २०८१

नेपाल लाइफको कार्यवाहक सिइओमा सन्तोष प्रसाई

समयपोष्ट २०७७ साउन १ गते १४:०५

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईले पाएका छन् ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै श्रावण १ गतेबाट उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई कार्यवाहक सिइओको जिम्मेवारी दिईएको हो ।

असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो ।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री