बिहीबार, १५ चैत २०८०

पोलिमर नोट प्रकरण : पूर्व गभर्नर रावलसहित तीनै जनाले पाए सफाई

समयपोष्ट २०७७ असार ३० गते २१:३३

Advertisement

विशेष अदालतले पोलिमर नोट छपाई प्रकरणमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर तिलकबहादूर रावलसहित तीनैजनाले सफाइ दिएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा न्यायाधीशहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त प्रकरणमा मुछिएका तत्कालिन गभर्नर रावल,नेपाल राष्ट्र बैंक नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई सफाई दिएको हो ।

नेपाल सरकार वादी रहेर दायर भएको २ करोड ७३ लाख रुपैंया बिगोसहितको उक्त मुद्दामा उनीहरु सो प्रकरणमा प्रत्यक्ष रुपमा संलग्न भएको नदेखिएको, विश्वसनीय प्रमाणको अभाव भएको तथा शंकाकै आधारमा उनीहरुमाथि मुद्दा चलाइएको भन्दै विशेष अदालतले तीनैजनलाई सफाई दिने फैसला गरेको हो ।

सरकारले २०७५ पुस ५ गते रावलसहित ३ जना विरुद्ध दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री