शनिबार, १५ वैशाख २०८१

सनराइज बैंकले एक साथ उपत्यकामा सञ्चालनमा ल्यायो ५ नयाँ शाखा

समयपोष्ट २०७७ असार २८ गते १७:१६

Advertisement

सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एक एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।

बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड १९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आएपनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताए ।

उनले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको छ । यस्तै बैंकले देशभर १ सय ६० एटिएम काउन्टर, ४८ वटा शाखा रहित बैंकिङ र १० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री