शनिबार, १५ वैशाख २०८१

जनकपुरमा टोयोटाको नयाँ डिलर सञ्चालनमा

समयपोष्ट २०७६ असार ६ गते १२:२३

Advertisement

टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा बिस्तार गरेको छ ।

बिहीबार एक कार्यक्रमकाबीच कम्पनीको डिलर श्रेया अटोमोबाईल्सको उद्घाटन गरियो । बिहीबार मात्र समुद्घाटन भएतापनि उक्त डिलर केही महिना अघिनै सञ्चालनमा ल्याइएको थियो । उक्त डिलरबाट हालसम्म २५ वटा गाडी बिक्री भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

उक्त कार्यक्रममा कैलाश र महेश प्रमुख अतिथीका रुपमा उपस्थित थिए। उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडीहरु बुकिङ्ग भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री