बिहीबार, १५ चैत २०८०

शेयर बजार : पाँच अङ्कले घट्यो

समयपोष्ट २०७६ जेठ २३ गते १८:१८

Advertisement

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४।६९ बिन्दुले घटेर एक हजार २८४।५९ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९७ बिन्दुले घटेको छ ।

नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ३।६३, विकास बैंक ३।४६, वित्त १८।५५, अन्य १।५४ र सामूहिक लगानी कोष ०।०५ अङ्कले बढेको छ । यस्तै बैंकिङ ५।६२, व्यापार ५।१५, जलविद्युत् ३।९७, निर्जीवन बीमा ११।३१, उत्पादन १४, लघुवित्त ५।०६ र जीवन बीमा ८५।२४ बिन्दुले ओरालो लागेको छ ।

कारोवारमा आधारमा आज पनि शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ७६ लाख ९७ हजार २८७ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै कैलाश विकास बैंक रु चार करोड २३ लाख आठ हजार ११७, नेपाल बैंक लिमिटेड रु चीन करोड ७० लाख ८० हजार ८२ र प्रभु बैंक रु तीन करोड ३० लाख ४७ हजार ६३३ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ९।६५, गुडबिल फाइनान्स ९।६०, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९।५२, कर्णाली डेभलपमेन्ट बैंक ९।४० र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले आठ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ५।१०, सिभिल लघुवित्त वित्तीय संस्था ४।७१, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४।५५, खानीखोला हाइड्रोपावर ४।४७ र विशाल बजार कम्पनीका शेयरधनीले ३।८९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री