बिहीबार, १३ वैशाख २०८१

सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद असार ३० देखि

समयपोष्ट २०७४ असार १५ गते ५:२९

सप्तकोशी डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित दरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले असार ३० देखि भदौ १ सम्म हकप्रद जारी गर्ने भएको हो ।

Advertisement

बैंकले १३ असारसम्म कायम भएका सेयरधनीहरुका लागि एक कित्ता बराबर नयाँ १.३ कित्ता सेयरको अनुपातमा हकप्रद निष्काशन गर्नेछ । 

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‍एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबि बैंकका उपत्यका तथा उपत्यका बाहिरका शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उपत्यका बाहिरका शाखा कार्यालयहरु मोरङ, विराटनगर, सौठा, इलाम, फिदिम, हर्कटे, गछिया, रङ्गेली र उर्लाबारीकबाट लगानीकर्ताहरुले हकप्रदमा आवेदन बुझाउँन सक्ने बिक्री प्रबन्धक ‍एनएमबि क्यापिटलले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री