शनिबार, ८ वैशाख २०८१

सौगात मल्लसँग डेट जाने चाहना छ : नायिका रिस्ता बस्नेतसंग अन्तरंग

समयपोष्ट २०७४ जेठ ३१ गते ६:३४

नक्कली हिसिला यमीकी रूपमा चर्चित विपना बस्नेतकी छोरी हुन्– रिस्ता बस्नेत । चलचित्र होस्टेलबाट यो क्षेत्रमा छिरेकी उनले ‘यो कथा हो तिम्रो मेरो’ र ‘एउटा साथी’मा नायिकाको भूमिका निर्वाह गरेकी उनी अहिले चलचित्र क्षेत्रमै क्रियाशिल छिन् । पहिला आफूलाई मान्छेले नक्कली हिसिलाकी छोरी भन्ने गरे पनि अचेल भने क्रमशः आफ्नै नामले चिन्न थालेको अनुभव छ, उनको । ‘पहिला मलाई मम्मीको नामले चिन्थे तर अचेल विस्तारै मेरो आफ्नै नामले चिन्न थालेका छन्,’ उनले भनिन्, ‘म मम्मीले झै“ आफ्नै परिचय स्थापना गर्न चाहन्छु ।’ चलचित्र क्षेत्रमा लाग्न परिवारबाट ठूलो सहयोग मिलेको बताउने उनीसँग समयबोधले गरेको अन्तरङ कुराकानी ।

Advertisement


कस्तो अभिनय गर्न बढी रुचाउनुहुन्छ ?
अभिनय त जस्तो पनि गर्न सक्छु जस्तो लाग्छ तर मुभीमा जुन क्यारेक्टर पायो त्यसमै डुब्नुपर्छ ।
भविष्य नै यही क्षेत्रमै बिताउने सोच छ कि अन्य क्षेत्रमा ?
आपूm राम्रो बाटोमा हिँडियो भने र एउटा स्ट्यान्ड लिएर बस्न सकियो भने त अवश्य यही क्षेत्रमा जीवन बिताउन सकिन्छ । यसका लागि सबैको नजरमा पोजेटिभ इम्प्याक्ट छाड्न सक्नुपर्छ । 
यो क्षेत्रमा विकृति पनि थुप्रै छन् भनिन्छ तपाईंको अनुभवमा के रहेछन् ती विकृति ?
सबै नराम्रा छन् भन्ने होइन तर कुनै–कुनैले गर्दा यो विकृति फैलिएको हो । 


rista 1

तपाईंको विचारमा पूर्ण खुसी के हो ?
मैले थालेको काम पूर्ण रूपमा सम्पन्न गर्न पाउनु नै मेरा लागि पूर्ण खुसी हो । 
सबैभन्दा बढी खुसी कहिले र कहाँ हुनुभयो ?
म प्रायः जहिल्यै खुसी नै हुन्छु तर बढी खुसी भएको क्षण सम्झँदा म सानो छँदा शुभकामना भन्ने मुभीमा पहिलोपटक डबिङ गरेकी थिएँ, त्यसबाट मैले तीन हजार रुपैयाँ पारिश्रमिक पाएकी थिएँ । त्यो पैसा ल्याएर मामुलाई दिन पाउँदा एकदमै खुसी भएकी थिएँ । 
बढी डर लाग्ने कुरा के हो ?
दिएको काम पूरा गर्न नसक्दा सबैभन्दा बढी डर लाग्छ । 
फजुल खर्च केमा गर्नुहुन्छ ?
सपिङ र ड्रेसमै बढी खर्च गर्छु ।
कस्तो पहिरन मनपर्छ ?
क्याजुअल पहिरन नै बढी मनपर्छ ।
सबैभन्दा बढी माया गर्ने व्यक्ति ?
मेरो मामु नै हो । 
तपाईंसँग मात्र भएको कुनै विशिष्ट प्रतिभा ?
मसँग मात्र भएको त्यस्तो प्रतिभा त खासै छैन । अरूसँग जे छ, मेरो पनि त्यस्तै नै हो ।
आफूसँग भएको कुनै चिज परिवर्तन गर्न पाए के परिवर्तन गर्नुहुन्थ्यो ?
मान्छेलाई छिटो विश्वास गरिहाल्ने मेरो बानी छ, त्यो नै परिवर्तन गर्न चाहन्थेँ ।
अहिलेसम्म सबैभन्दा ठुलो गल्ती के गर्नुभयो ?
मलाई अहिलेसम्म मामुले एक थप्पड पनि हानेको थाहा छैन, त्यसैले त्यस्तो ठूलो गल्ती केही गरेको छैनजस्तो लाग्छ । 
आफ्नो सबैभन्दा बढी मन पर्ने अंग ?
मेरो आँखा र ओठ नै हो ।


sadi

कस्तो पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ ?
साडीमा एकदमै सेक्सी देखिन्छु ।
प्रेम के हो ?
प्रेम भनेको एउटा बर्निङ हो । दुई मुटुको बर्निङ हो ।
प्रेमप्रस्ताव पनि आए होलान् हैन ? 
त्यो अबियस्ली आइहाल्छ । 
व्यायफ्रेन्ड होला नि ?
स्कुल लाइफमा थियो । तर, ब्रेक भयो ।


rista 33

के कारणले ब्रेक भयो त ?
मामुले थाहा पाउनुभएछ । मामुले मलाई राम्ररी सम्झाउनुभयो । तिमीजसरी पनि मैले भनेको फिल्डमा लाग्नुपर्छ भन्नुभयो । अहिले नै व्यायफ्रेन्ड बनाउने बेला भएको छैन भनेर सम्झाउनुभयो । उहाँले यति मजाले सम्झाउनुभयो कि मलाई अरू केही पनि याद आएन, मामुले भनेको ठीक हो भन्ने लाग्यो र ब्रेक भयो । 
केटा मान्छेको मनपर्ने कुरा ?
केटा मान्छेमा पर्सनालिटी हुनुपर्छ त्यो नै मलाई मनपर्छ ।
बिहे कहिले गर्ने ?
अहिल्यै नगर्ने । अब आठ अथवा १० वर्षपछि मात्र विवाह गर्ने हो ।
ड्रिम बोई कस्तो होस् भन्ने चाहनुहुन्छ ?
ड्रिम ब्याई यस्तो होस् भन्ने कल्पना त मैले सानैदेखि नै गरेकी छु । प्रर्सनालिटी हुनुपर्छ, मेरा लागि सबैभन्दा ठूलो कुरा हाइट हुनुपर्छ । उसको बोलीमा दम होस् र मलाई बुझ्नेहोस् ।


rista 12

सेक्स र लभमा के भिन्नता छ ?
यसमा धेरै भिन्नता छ नि ? लभ जोसँग पनि गर्न सकिन्छ तर सेक्स त सबैसँग गर्न सकिँदैन । सेक्स सबैभन्दा बढी मिल्ने साथीसँग गोप्य मात्र हुन्छ । त्यसैले यी दुईमा धेरै भिन्नता छ । 
बिहेअघिको सेक्स ठीक कि बेठीक ?
ठीक त होइन । किनभने म नेपाली केटी भएर पनि होला हाम्रो कल्चरअनुसार ठीक होइन । 
नेपाली हिरो कोसँग डेट जाने चाहना छ ?
सौगात मल्ल दाइसँग ।
सबैभन्दा सेक्सी देखिने नेपाली हिरो ?
गौरव पहाडी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री