काठमाडौका नायब सुब्बा सबैभन्दा बढी घुस्याहा
भर्खरै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको तथ्याकं अनुसार उपत्यकामा कार्यरत नायब सुब्बा तहका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको तथ्य फेला परेको छ । त्यसैगरी काठमाडौ र बाँके सबैभन्दा बढी घुस्याहा कर्मचारीहरु भएको स्थानको रुपमा सबैभन्दा अगाडी देखिएको छ ।
आयोगको तथ्याकंमा सबैभन्दा बढी घुस लेनदेन हुँने कार्यालयहरुमा नापी र मालपोत पहिलो नम्बरमा दर्ज भएका छन् ।
आयोगको चालु आर्थिक वर्ष जेठ २८ गतेसम्मको तथ्यांक अनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट २४ जनालाई अख्तियारले रंगेहात पक्राउ गरेको छ । जसमध्ये नापी कार्यालयबाट मात्र १४ कर्मचारीहरु रंगेहात पक्राउ परे ।
अख्तियारले चालु आर्थिक वर्षको जेठ २८ गतेभित्र ७६ जनालाई रंगेहात घुससहित पक्राउ गरेकोमा नायबसुब्बा तहका कर्मचारीहरु मात्र ३४ जना पक्राउ परे ।अख्तियारको तथ्यांक अनुसार रंगेहात पक्राउ पर्नेमा उपसचिव ५ जना ,शाखा अधिकृत १५ जना, ओभरसियर र अमिन ९ जना, लेखापढी व्यवसायी ७ जना, कार्यालय सहयोगी २ जना र कुल्ली १ जना रहेका छन् ।
प्रतिक्रिया