शुक्रबार, १४ वैशाख २०८१

३३ प्रतिशत हकप्रद जारी गर्न एभरेष्ट बैंकले तोक्यो बुक क्लोजको मिति

समयपोष्ट २०७४ जेठ ३० गते ६:३७

एभरेष्ट बैंकले ३:१ अनुपातमा हकप्रद सेयर निष्काशनको लागि सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । बैंकले आउँदो ७ असारमा हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।

Advertisement

बैंकले हाल कायम पूँजीको ३३.३३ प्रतिशतले हुने १ अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद जारी गर्देछ ।

हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले आगामी असार ६ गतेसम्म बैंकको सेयर किनीसकेको हुनुपर्नेछ ।

बैकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईएल क्यापिटल रहेको छ । बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री