मंगलबार, १७ असार २०८२

शेरबहादुरलाई शेयर मार्केटको स्वागत,३५ अंकले बजार बृद्धि

समयपोष्ट २०७४ जेठ २३ गते ९:५९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएपछि शेयर मार्केटमा ३५ अंकले बृद्धि भएर  नेप्से १६३७ अंकमा पुगेको छ भने कारोवारमा पनि उल्लेख्य सुधार आएको छ ।

Advertisement

मंगलवार  दिनभरीमा १४८ कम्पनीका ९१ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। उत्पादनमूलक समूह १४ अंकले झरे पनि बाँकी सबै सुचक उक्लिएका छन्। सबैभन्दा वढि बीमा १७२.५७ अंकले बढेको छ। 

बाणिज्य बैंक समूह ३५.८२ अंकले उक्लिएको छ । होटल ६२.४५ अंक, विकास बैंक ३५.३८ अंक, जलविद्युत ३५.६८ अंक, फाइनान्स ७.३१ अंक र अन्य १५.६२ अंकले बढेको छ।

बजारमा सबैभन्दा वढि कारोबार सिभिल बैंकको भएको छ। बैंकको ७ करोड २५ लाख रुपैयाँको किनबेच भएको हो। दोस्रो स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ करोड ८२ लाख रुपैयाँको किनबेच भएको छ।

सबैभन्दा वढि मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशत हाराहारी आरएसडिसी लघुवित्त र वर्डमर्चेन्टको सेयर बढेको छ। बढि गुमाउने वोटलर्स नेपाल तराई रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री