शनिबार, ८ वैशाख २०८१

ट्रेजर संसारकै सबैभन्दा सुन्दर कन्सेप्ट मोडल कार,यस्तो छ डिजाईन(फोटोफिचर)

समयपोष्ट २०७४ जेठ २२ गते ८:३१

रेनोको अल इलेक्ट्रिक सुपरकार Trezor लाई Concorso d'Eleganza Villa d'Este मा सबैभन्दा सुन्दर कारको पदवी दिएको छ । यो इटालीमा क्लासिक कारहरको लागि हुँने सबैभन्दा सम्मानित प्रतिष्पर्धा हो । यो प्रतिष्पर्धा इटालीमा २६ मे देखि २८ मे को बिच भएको थियो । जहाँ दुनियाको सबैभन्दा महंगा कारहरु देखाईएका थिए । 

Advertisement

1

Trezor ले प्रोटोटाईप र कन्सेप्ट क्याडागोरीमा बेष्ट डिजाईन जितेको छ । मार्चमा भएको जेनेभा मोटर सो मा पनि यस कारले २०१६ कन्सेप्ट कार अफ द एयरको उपाधि जितेको थियो । यस कारलाई सबैभन्दा पहिले सेप्टेम्बरमा भएको पेरिस मोटर सो को समय सोकेस गरिएको थियो । यो सम्पुर्ण रुपमा एक कन्सेप्ट ब्हेकलनै हो । कम्पनीले पनि यस डिजाईनबाट प्रभावित हुँदै भविष्यमा रेनो ब्हीकल्स डिजाईन गर्ने बताएको छ । 

2

यस कारले ४ सेकेण्ड भन्दा कम समयमा ० देखि १०० kmph को गति लिन सक्छ । यस कारमा 260 kW को म्याक्सिमम् पावरवाला इलेक्ट्रिक मोटर राखिएको छ जुन ३५० एचपि पावर जेनेरेट गर्न सक्क्षम छ । यस कारमा आफ्नै कुलिंग सिष्टम रहेका दुई ब्याट्री प्रण्ट र रीयरमा राखिएको छ जसले गाडीको तौल नियन्त्रणमा राख्दछ । यस कार भित्र पस्ने बित्तिकै कारले चालकलाई साथमा भएको मोवाईल फोन हातको नजिकै बनाईएको स्पेशल स्लटमा राख्न अनुरोध गर्दछ ।  

3

रेनोको उदेश्य सन् २०२० सम्म अटोनोमस सिष्टम (सेल्फ ड्राइविंग सिस्टम)को लागि तयार हुनु रहेको छ । कम्पनीले चालक ह्याण्ड र आई फ्रि हुनमिल्ने सबैभन्दा सस्तो  मुल्यको कार निमार्ण गर्ने प्रविधिमा काम गर्ने इच्छा भएको जनाएको छ । 

4

एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री