शनिबार, १५ वैशाख २०८१

रहिनन् ‘चियाबारीमा’ गीतकी गीतकार

समयपोष्ट २०७४ जेठ २२ गते ३:३६

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । लामो समयदेखि कलेजोको समस्याबाट पीडित उनी संगीतकार रञ्जीत गजमेरकी श्रीमती हुन् ।

Advertisement

उनले ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘बेहुली’ ‘चिनो’, ‘बाँसुरी’, ‘दुई थोपा आँसु’, ‘पिरती’, ‘सम्झना’, ‘अपराध’, ‘दक्षिणा’ र ‘दर्पण छाँया’ लगायत फिल्मको गीत लेखेकी थिइन् ।

उनले लेखेका गीतहरु ‘रेली खोला बगर’, ‘मोहनी लाग्ला है’, ‘चियाबारीमा’, ‘कसरी भनूँ म मनको कुरा यो’, ‘पिरती आफैं हुँदो रैछ’, ‘वीरताको चिनो वीरको सन्तान’ लगायत गीतहरु चर्चामा छन् । २००२ सालमा  भारतको दार्जिलिङमा जन्मिएकी गीतकार गजमेरकी छोरी भारती गजमेर निर्देशक तुलसी घिमिरेकी श्रीमती हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री