बिहीबार, १५ चैत २०८०

प्रभु बैंकले प्रभु क्यापिटलको ५१ प्रतिशत शेयर किन्यो,क्यापिटलको पूँजी वृद्धि गर्न १:२ अनुपातमा हकप्रद जारी गर्ने

समयपोष्ट २०७४ जेठ २२ गते ३:२८

प्रभु बैंकले प्रभु क्यापिटलको ५१ प्रतिशत शेयर किनेको छ। कम्पनीका अध्यक्ष विनोद थकालीको अध्यक्षतामा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो।  ५१ प्रतिशत शेयर किने संगै प्रभु क्यापिटल लिमिटेड बैंकको सहायक कम्पनी बनेको छ। 
साधारणसभाले संस्थाको पूँजी वृद्धि गरी २१ करोड रुपैयाँ पुर्याउने निर्णय समेत गरेको छ।पूँजी वृद्धि गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर जारी गर्ने तथा कम्पनीको प्रवन्धपत्र तथा नियमावली आवश्यक संशोधन प्रस्ताव पारित गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री