शुक्रबार, १४ वैशाख २०८१

यस्तो बन्दै छ राष्ट्रपतिले शिलान्यास गरेको घर

समयपोष्ट २०७४ जेठ २२ गते ३:११

गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको बारपाकस्थित गोपाल विकको घरको निर्माण कार्य अझै पूरा भएको छैन ।

Advertisement

चार कोठाको दुईतले घरमा झ्याल–ढोका फिट भइसकेका छन् । गारोमा माटोका ब्लक राखिएका छन् । छानो जस्तापाताले छाइएको छ । तर, बस्नका लागि अझै योग्य भएको छैन ।

गोपालका २८ वर्षीय छोरा राजुका अनुसार घर तयार गर्न नौ लाख रुपैयाँ खर्च भयो । ‘बल्लतल्ल घर त बनाइयो, तर फिनिसिङ हुन सकेको छैन । अझै थुप्रै पैसा लाग्छ । त्यसैले घर अलपत्रै छाडिएको छ । अब जहिले पैसा हुन्छ, त्यही वेला फिनिसिङ गरौँला,’ उनले भने ।  नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री