शुक्रबार, १६ चैत २०८०

समता माईक्रोफाईनान्सको कारोबार आजबाट खुल्यो

समयपोष्ट २०७४ जेठ १८ गते ६:१२

नेप्सेमा विहीबारदेखि समता माईक्रोफाईनान्सको सेयर कारोबार खुलेको छ । SMATA कोड बाट कारोबार हुने कम्पनीको कारोबार खुल्ने मूल्य प्रतिकित्ता १३४ रुपैयाँदेखि ४०३ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त कम्पनीले गतसाता ३ लाख १६ हजार कित्ता सेयर सूचिकृत गराएको थियो । २०७० बाट कारोवार सुरु गरेको कम्पनीले गत पुसमा ९४ हजार ८ सय कित्ता साधारण सेयर निष्काशन गरी बाँडफाँड गरेको थियो । बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको कम्पनीमा तीस जना संस्थापकहरुको दुई करोड दश लाख रुपैयाँ लगानी रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री