बाबा बन्ने भन्दै चितास्थलमा आगो बालेर अश्लील गतिविधि गर्ने पक्राउ

विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील र अमर्यादित कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साधु बन्ने भन्दै मध्यरातमा परोपकार घाटको शव जलाउने स्थानमा पूजा गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा विराटनगर– ६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, विराटनगर– ४ का ४४ वर्षीय छबिलाल घिमिरे, सुनसरीको रामधुनी नगरपालिका– ६ का २५ वर्षीय कैलाश ढुंगाना र भोजपुरको रामप्रसाद राई गाउँपालिका– ६ का १८ वर्षीय मनिष काफ्ले छन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

यो समूहले आइतबार राति पनि ६ जनाको संख्यामा आएर शव जलाउने स्थानमा आगो बालेर होहल्ला गर्दै पूजा गरेको थियो । सोमबार राति पनि सोही गतिविधि दोहोर्‍याएपछि स्थानीयको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

युवाहरूले शव जलाउनका लागि तयार पारिएको चितामा आगो बालेर अश्लील हर्कत गरेको स्थानीयले खिचेको भिडियोमा देखिएको छ । भिडियोमा दुई जना युवा पूर्ण रूपमा निर्वस्त्र अवस्थामा रहेका छन् ।

निर्वस्त्र र अर्धनग्न अवस्थामा रहेका ती युवाहरूले टाउकोमा कालो कपडाको फेटा बाँधेर चितास्थलको खरानी एकअर्काको जीउमा दल्ने अनौठा हर्कतहरू गरिरहेका थिए । उनीहरूले चितास्थलमा माटोको घैला, पानीका बोतल र दाउरा जस्ता सामग्री राखेर होहल्ला गरेपछि स्थानीयबासी त्रसित बनेका थिए ।

प्रहरी प्रवक्ता मिश्रले मदिराको नसामा बाबा बन्ने भन्दै अश्लील हर्कत गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए । प

प्रतिक्रिया

सम्बन्धित सामाग्री