इक्वेडर र कुरासाओको गोलरहित बराबरी, नकआउट यात्रा संकटमा

फिफा विश्वकप २०२६ अन्तर्गत कान्सास सिटी स्टेडियममा भएको खेलमा इक्वेडर र कुराकाउले गोलरहित बराबरी खेलेका छन्। दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न असफल भएपछि अङ्क बाँड्न बाध्य भए।

Advertisement

यो बराबरीको नतिजाले दुवै टोलीलाई ठुलो घाटा पुर्‍याएको छ। नकआउट चरणको यात्रा कायमै राख्नका लागि दुवै टोलीलाई यो खेलमा जित निकाल्नै पर्ने दबाब थियो।

खेलभरि इक्वेडरले लगातार दबाब बनाए पनि कुरासाओका गोलरक्षक एलोय रुम बाधक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा १५ वटा बचाउ गरे। यो बचाउसँगै उनले विश्वकपको एउटै खेलमा सर्वाधिक बचाउ गर्ने कीर्तिमानसमेत बराबरी गरे।

Advertisement

खेलको अन्तिम समयमा इक्वेडरले गोल गर्ने केही सुन्दर अवसर गुमायो। ९०औँ मिनेटमा एन्जेलो प्रेसियाडोको प्रहार क्रसबारमा लागेर फर्कियो। इन्जुरी समयमा कप्तान एनर भ्यालेन्सिया पेनाल्टी क्षेत्रभित्र लडे पनि रेफ्री र भिडियो सहायक रेफ्री (भीएआर) दुवैले फाउल दिएनन्।

यो बराबरीले दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना निकै कमजोर बनाएको छ। अब समूहको अन्तिम खेलमा इक्वेडरले बलियो जर्मनीको सामना गर्नेछ भने कुरासाओले आइभरी कोस्टसँग खेल्नेछ। अर्को चरणको ढोका खोल्न दुवै टोलीका लागि अन्तिम खेलमा जित बाहेक अर्को विकल्प छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री