इरान–अमेरिका वार्ता: लेबनान संकट र प्रतिबन्धित सम्पत्ति फुकुवामा केन्द्रित

इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाइने जनाएको छ।

Advertisement

इरानको सरकारी समाचार संस्था ‘इर्ना’ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घ गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेन्डा हुने बताए।

इरान र अमेरिकाबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो।

Advertisement

वार्तामा द्वन्द्वबाहेक अन्य महत्वपूर्ण आर्थिक एजेन्डाहरू पनि प्रस्तुत गरिने प्रवक्ता बकाइले जानकारी दिए। उनका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषयले प्राथमिकता पाउनेछ।

यसैगरी इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि दुई देशबीच छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री