पाँच वर्षभित्र युवा विदेशिनुपर्ने बाध्यता अन्त्य गर्छौ : अर्थमन्त्री वाग्ले

काठमाडौँमा आइतबार आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विशेष सम्बोधन गरे।

Advertisement

उनले आगामी पाँच वर्षमा युवाले आफ्ना सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने दाबी गरे।

आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य पर्याप्त अवसर सृजना गरिने उनले बताए। देशका युवा बाहिरिनुपर्ने बाध्यता रोक्न बजेटबाट नीतिगत जग बसाल्न सुरु गरिएको उनको भनाइ थियो।

Advertisement

बजेटको प्रभावकारी कार्यान्वयनले युवालाई स्वदेशमै रोक्ने बाटो समात्ने विश्वास अर्थमन्त्रीले व्यक्त गरे। देशभरका युवा उद्यमी माझ उनले करमा सहुलियत र सुशासनका एजेन्डा कार्यान्वयनमा जोड दिए।

बक्यौता उल्झनमा रहेका उद्यमी र व्यवसायीलाई छुटको सहुलियत दिइने उनले जानकारी दिए। सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डाले देश निर्माणको नयाँ बाटो तय गर्ने उनले प्रस्ट पारे।

बजेटमा करको दर घटाएर १ लाख रुपैयाँसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिइएको छ। करको झन्झटबाट मुक्ति दिइएकाले यसको फाइदा लिन उनले सबै युवालाई आग्रह गरे।

युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी बजेटमा धेरै कार्यक्रम घोषणा गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री