निजी विद्यालयलाई सेवामूलक र गैरनाफामूलक बनाउने प्रस्ताव पारित
समयपोष्ट
२०८२ असार १३ गते १४:३१
शिक्षा समितिको बैठकले निजी विद्यालयलाई सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक रूपमा सञ्चालन गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।
समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेको यो प्रस्तावले निजी विद्यालयको सञ्चालनलाई थप व्यवस्थित र जनहितकारी बनाउने लक्ष्य राखेको छ।
बैठकले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनी वा गुठीमार्फत सञ्चालन गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ। साथै, गुठीमार्फत सञ्चालित निजी विद्यालयहरूलाई विभिन्न सहुलियत प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ।
प्रतिक्रिया