१० रुपैयाँका नयाँ नोट बजारमा
नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार नयाँ नोट साविककै आकार, रंग र डिजाइनमा ल्याइएको हो।
नयाँ नोटमा बाँया भागमा सगरमाथाको चित्र र दायाँ भागमा लालीगुराँसको पानी छाप यथावत् राखिएको छ। नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट विद्यमान नोटहरूसँगै समानान्तर रूपमा चलनचल्तीमा रहनेछ। नगद कारोबारमा सहजता ल्याउने उद्देश्यले नयाँ नोट मुद्रण गरिएको जनाइएको छ।
नोटमा प्रयोग गरिएका सुरक्षा विशेषताहरू अघिल्ला नोटझैँ नै भएकाले उपभोक्ताहरूले निर्धक्क प्रयोग गर्न सक्ने बैंकको भनाइ छ। डिजाईनमा कुनै परिवर्तन नगरी केवल मुद्रण मिति र दस्तखतमा नयाँपन दिइएकाले सटही, कारोबार र संकलन प्रक्रिया यथावत् रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
प्रतिक्रिया