प्रतिनिधिसभाको बैठक सर्यो
समयपोष्ट
२०८२ जेठ २९ गते १८:११
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक ५ः३० बजेपछि बस्ने गरी सरेको छ ।
संसद् सचिवालयकाअनुसार विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि बैठक सारिएको हो । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
भिजिट भिसा प्रकरणको विषय उठाएर छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रतिपक्षी दलहरुको विरोधकै कारण संसद् दुई सातादेखि बस्न सकेको छैन ।
प्रतिक्रिया