विश्व वातावरण दिवसको अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम आयोजना
समयपोष्ट
२०८२ जेठ २२ गते २०:०९
विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंस्थित भारतीय दूतावास परिसरमा एक कायक्रमको आयोजना गरिएको छ ।
‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको उपस्थिती रहेको थियो ।
सो अवसरमा मन्त्री ठकुरी तथा नेपालस्थित भारतका राजदूतले नविन श्रीवास्तवले संयुक्त रूपमा दुतावास परिसरमा वृक्षरोपण गरेका थिए ।
सो अवसरमा केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरू समेत सहभागि थिए ।
कार्यक्रमको उद्देश्य प्लास्टिकजन्य प्रदूषणको प्रभावबारे जनचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा समुदायको सक्रियता बढाउनु रहेको छ ।
प्रतिक्रिया