बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा आईतबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् ।
अन्नपूर्ण गाउँपालिका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तीस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका ७ का वडाअध्यक्ष गमबहादुर फगामीका अनुसार घराम्दीबाट जिप छुट्दा चालक बेनपा ९ का अन्दाजी ३२ वर्षिय रवि खड्का र घराम्दीकी २० वर्षिया सबिता नेपाली सवार थिए ।
कालीगण्डकीको बीचमा अड्किएको जिप, चालक र यात्रुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी घटनास्थलमा पुगेको प्रनाउ बुढाले बताए ।
नदीमा अड्किएको जिप तान्नका लागि एक्साभेटर समेत प्रयोग गरिए पनि नदीमा बढेको पानीको बहावले समस्या भएको छ ।









प्रतिक्रिया